Kakhara सबैको खबर सम्पूर्ण खबर
आहा ! चाैरी बुकीबाट देखिएको अद्भुत दृश्य (फोटो फिचर)

रुकुम पूर्व पर्यटकीय सम्भावना बोकेको जिल्ला हो । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा हिमाल देखि ताल तलैया, जीवजन्तु, जङ्गली जनावर, जडीबुटीको प्रशस्त उपलब्धता छ । यहाँका सिस्ने हिमाल, पुथा हिमाल, धाैलागिरी हिमशृङ्खला, विभिन्न पाटन, गुप्ता दह, सुन दह लगायतले जो कोहीको पनि सजिलै मन तान्छ भने जिल्लाको पर्यटन विकासका लागि यी क्षेत्र पर्याप्त छन् ।

यसका अलावा ढोरपाटन सिकार आरक्षको आधाभन्दा बढी हिस्सा रुकुम पूर्वमै पर्छ । बहुमूल्य जडीबुटी यार्सागुम्बा पनि यही पाइन्छ । यहाँको भौगोलिकता तथा सामाजिक, सांस्कृतिक पक्ष अर्को सबल पक्ष हो, जसले जो कसैलाई पनि लाेभ्याउँछ । मगर संस्कृतिले पनि सबैको मन तान्छ । समग्रमा भन्दा रुकुम पूर्व पर्यटकका लागि फुल प्याकेज हो ।

आज हामी फोटो ग्राफर दिलचन पुनले रुकुम पूर्वको चाैरी बुकीबाट खिचेका अद्भुत तस्बिरहरू देखाउँदै छौँ । 

Chauri-Buki-(2)-1731236205.jpg

Chauri-Buki-(3)-1731236209.jpg

Chauri-Buki-(4)-1731236210.jpg

Chauri-Buki-(7)-1731236215.jpg

Chauri-Buki-(1)-1731236215.jpg

Chauri-Buki-(6)-1731236214.jpg

Chauri-Buki-(5)-1731236213.jpg

फाेटाेः दिलचन पुन ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update