Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिकालाई जग्गा उपलब्ध बनाउने ३५ जना सम्मानित 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले जग्गा उपलब्ध बनाउने जग्गा दातालाई सम्मान गरेको छ । बुधवार नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहको अवसरमा निःशुल्क जग्गा उपलब्ध बनाउने जग्गादातालाई सम्मान गरिएको हो । पालिकाको लागि निःशुल्क जग्गा उपलब्ध बनाउने ३५  जना व्यक्तिलाई फुल माला र दोसल्ला लगाएर सम्मान गरिएको त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँहरूलाई पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले दोसल्ला लगाएर सम्मान गर्नुभएको  थियो ।

WhatsApp-Image-2025-04-24-at-14.32.43_72a2f1c2-1745566496.jpg

गाउँपालिकाका अनुसार पालिका भवन निर्माण लगायत अन्य संरचना निर्माणको लागि ३५ जना स्थानीय मिलेर पालिकालाई १५ हजार १ सय ४५ वर्ग मिटर जग्गा उपलब्ध बनाएका थिए । बुधवार मात्रै पालिकाको नवनिर्मित प्रशासकीय भवन पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य शर्माले उद्घाटन गर्नुभएको थियो । यस अघि पालिकाले नयाँ भवन नजिकैको कच्ची भवनबाट सेवा प्रवाह गर्दै आएको थियो । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update