
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा २ दिने निशुल्क स्वास्थ्य शिविरबाट ३ सय ७३ जनाले स्वास्थ्य सेवा लिएका छन् । शुक्रबार र शनिवार चलेको स्वास्थ्य शिविरबाट ३ सय ७३ जनाले निशुल्क स्वास्थ्य सेवा लिएका हुन् । वडा नम्वर ११ को खोलागाउँमा संचालन गरिएको स्वास्थ्य शिविरबाट २ सय ३० र वडा नम्बर ७ नार्जीमा संचालन भएको स्वास्थ्य शिविरबाट १ सय ४३ गरेर कुल ३ सय ७३ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको मानव विकास तथा सामुदायिक सेवाका आपतकालीन स्वास्थ्य सेवा परियोजना संयोजक कुमेर परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरमा विरामिहरुको स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, रक्त समुह परीक्षण लगायत स्वास्थ्य परार्मश सेवा प्रदान गरिएको थियो । चौरजहारी नगरपालिका र मानव विकास तथा सामुदायिक सेवाले सयुक्त रुपमा गाउँमै स्वास्थ्य सेवा प्रदान गर्न शिविर आयोजना गरेका हुन् ।