Kakhara सबैको खबर सम्पूर्ण खबर
पूर्व प्रधानमन्त्री प्रचण्डद्वारा चाैरजहारी नगरपालिका कार्यालयकाे अवलोकन

सम्माननीय पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहित  सात जना पूर्व मन्त्री सहितकाे टोलीले रूकुम पश्चिमकाे चौरजहारी नगरपालिका कार्यालयको अवलोकन गरेकाे छ । जनतासँग माओवादी मध्यपहाडी लाेकमार्ग जनजागरण अभियान अन्तर्गत पुगेकाे टाेलीले अनुगमन गरेकाे हाे । अवलोकनका क्रममा चौरजहारी नगरपालिकाले सञ्चालन गरेका  असल अभ्यासहरूको प्रस्तुतिकरण गरिएको थियाे ।  

कार्यक्रममा चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीले पूर्व प्रधानमन्त्रीलाई असल अभ्याससहित विकाससँग सम्बन्धित माग समेटिएकाे ज्ञापनपत्र बुझाउनु भएको छ ।

मध्यपहाडीको जाजरकोट कुदु र चौरजहारी जोड्ने भेरी पुल, भूकम्पपछिको पुनर्निर्माण कार्यको तीव्रता, स्वास्थ्य बिमा कार्यक्रमको प्रथम सेवा विन्दुका रुपमा रहेको HDCS चौरजहारी अस्पताल र सहिदस्मृति नगर अस्पतालको बिमा रकम भुक्तानी, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, कर्णाली प्रदेशस्तरीय फुटबल रङ्गशाला, चौरजहारी बिमानस्थल सञ्चालन, अन्तरपालिका र जिल्ला जोड्ने सडक कालोपत्रे, मेडिकल कलेज स्थापना, नयाँ सहर आयोजना क्षेत्रमा जग्गा एकीकरण र पूर्वाधार निर्माणका लागि पर्याप्त बजेटको व्यवस्थाका विषय ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

पूर्व प्रधानमन्त्री प्रचण्डले चौरजहारी नगरपालिकाले सञ्चालन गरेका असल अभ्यासहरूको प्रशंसा गर्दै थप रचनात्मक कार्य गर्न सुझाव दिनुभयो । उहाँले  ज्ञापनपत्रमा समेटिएका विषयहरू सम्बोधनका लागि प्राथमिकतामा राखेर अधिकतम पहल गर्ने बताउनुभयो । 

प्रकाशित मिति: मंगलबार, जेठ ७, २०८२  २१:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update