Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा नि:शुल्क क्षयरोग जाँच तथा गर्भवती महिलाको लागि भिडियो एक्सरे शिविर संचालन हुने 
नयाँ प्रशासकीय भवन उद्घाटन समारोहमा खिचिएको त्रिवेणी गाउँपालिकाको भवन ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा ४ दिने निःशुल्क क्षयरोग जाँच तथा गर्भवती महिलाहरुको लागि निशुल्क  भिडियो एक्सरे शिविर संचालन हुने भएको छ । यही जेठ ११ गतेदेखि १४ गतेसम्म शिविर संचालन हुन लागेको हो । शिविर संचालन हुने बारे पालिकाले एक सूचना जारी गर्दै सवैलाई निशुल्क सेवा लिन आग्रह गरेको छ । त्रिवेणी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर पुनका अनुसार पालिकाका विभिन्न स्वास्थ्य चौकीमा शिविर संचालन गरिने छ ।

उहाँका अनुसार जेठ ११ गते वडा नम्बर २  सिम्रुतुमा रहेको सिम्रतु स्वास्थ्य चौकीमा संचालन गरिने छ । त्यस्तै १२ गते वडा नम्बर ४ को  खारा स्वास्थ्य चौकी खुम्चेरीमा, १३ गते  वडा नम्बर ७ को मुरु स्वास्थ्य चौकी र १४ गते वडा नम्बर ९ को पेउघा स्वास्थ्य चौकी मान्टुरामा संचालन हुने गाउँपालिकाले जनाएको छ ।  पायक पर्ने सम्बन्धीत स्वास्थ्य चौकीमा उपस्थित भई  निशुल्क सेवा लिन त्रिवेणीबासीलाई गाउँपालिकाले आग्रह गरेको छ  । 

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०८२  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update