गणतन्त्र दिवस
त्रिवेणीमा विविध कार्यक्रम गरी १८ औँ गणतन्त्र दिवस मनाइयो

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा पनि १८ औँ गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाएको छ । पालिकाको आयोजनामा झण्डातोलन, प्रझातफेरी, सरसफाइ र शुभकामना आदानप्रदान गरी पालिकाले १८ औँ गणतन्त्र दिवस मनाएको हो । गणतन्त्र दिवसको अवसरमा पालिका परिसरभित्र सरफाई, पालिका अस्पताल परिसर सरसफाइ सहित मञ्चको कार्यक्रम गरी गणतन्त्र दिवस मनाइएको त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पालिकामा कार्यरत कर्मचारी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहितको टोली सरसफाइ अभियानमा जोडिएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १९:१७
प्रतिक्रिया दिनुहोस्