Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा जनजाति लक्षित कार्यक्रम मगर खाम भाषा तालिम सुरु
तालिमका सहभागी ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा जनजाती लक्षित कार्यक्रम मगर खाम भाषा तालिम सुरु भएको छ । आज एक कार्यक्रम विच वडा नम्बर २ सिम्रुतुमा  मगर खाम भाषा तालिम सुरु भएको हो । १५ दिनसम्म संचालन हुने जनजाति लक्षित कार्यक्रमको गाउँपालिका अध्यक्ष गनेशकुमार केसीले व्यानर पढेर उद्घाटन गर्नुभएको हो ।

आजबाट सुरु भएको तालिम आगामी असार ८ गतेसम्म संचालन हुने छ । त्रिवेणी गाउँपालिकाले आर्थिक सहयोग गरेको तालिमको सहजीकरण तथा प्राविधिक सहयोग सिर्जनशील युवा संजाल नेपालले गरेको छ । तालिममा पालिकाका विभिन्न ठाउँबाट ३० जना सहभागी भएका छन । तालिमको सहजीकरण मगर खाम भाषा प्रशिक्षक श्रीबहादुर पुन,गमिसरा पुनले गरिरहनु भएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले  सहभागीलाई  तालिमको भरपुर लाभ लिन तथा प्रशिक्षकलाई पनि प्रभावकारी रुपमा तालिममा संचालन गरेर जनजाति कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो ।

सिर्जनशील युवा संजाल नेपालका अध्यक्ष सोमपाल कामीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीको प्रमुख आतिथ्यता रहेकामा गाउँपलिका पुर्व अध्यक्ष झक्कुप्रसाद घर्तीको विशेष आतिथ्यता रहेको थियो । त्यसैगरी भुमी आयोग रुकुम पश्चिमको पुर्व अध्यक्ष मिनबहादुर ओली, २ नम्बर वडा सदस्य रेनुका विक, ४ नम्बर वडा सदस्य रेवता खड्का, त्रिवेणी मावी सिम्रुतुका शिक्षक कृपराम पुन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन बलेन्द्र ओलीले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update