Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारी नगरपालिकाकाे आगामी बर्षकाे बजेट झन्डै ८२ करोड (पूर्ण पाठ सहित)

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि झन्डै ८२ करोड बराबरको बजेट ल्याएको छ । शनिवार भएको नगर सभामा नगर उपप्रमुख ईश्वरी शर्मा बिएमले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो ।

उहाँले प्रस्तुत गरेको बजेट वक्तव्य अनुसार चौरजहारी नगरपालिकाको आगामी आर्थिक वर्षको कुल बजेट ८१ करोड ९४ लाख ८३ हजार रहने छ । चालु तर्फ ४२ करोड ८३ लाख १९ हजार ७ सय ८८ अर्थात् ७४.५९ प्रतिशत रहेको छ भने पुँजीगत तर्फ १४ करोड ५८ लाख अर्थात् २५.४० प्रतिशत रहेको छ । 

आगामी आर्थिक वर्ष २०८२/०८३ मा प्रस्ताव गरिएका कार्यक्रम तथा योजना कार्यान्वयन गर्न नगरपालिकाको सञ्चित कोष तर्फ ५७ करोड ४१ लाख ९५ हजार २५ रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

आगामी वर्षको कुल अनुमानित बजेटको स्रोतमा आर्थिक ऐन, सहिद स्मृति नगर अस्पताल सहितको आन्तरिक राजस्व २ करोड ५९ लाख २० हजार प्रक्षेपण गरिएको छ । 

संघ सरकारको समानीकरण अनुदान १० करोड २४ लाख, सशर्त अनुदान चालु तर्फ २४ करोड १० लाख, सशर्त अनुदान पुँजीगत तर्फ ३१ लाख, समपूरक अनुदान पुँजीगत तर्फ १ करोड १७ लाख, विशेष अनुदान चालु तर्फ ८४ लाख र संघको राजस्व बाँडफाँड तर्फ ९ करोड ३५ लाख ६ हजार प्राप्त हुने अनुमान गरिएको छ । 

त्यस्तै राजस्व बाँडफाँड स्थानीय सरकारको दहत्तरबहत्तर शुल्क बापत ३० लाख र मालपोत रजिस्ट्रेसन शुल्क ३९ लाख गरी ६९ लाख राजस्व अनुमान गरिएको नगर उपप्रमुख बिएमले पेस गरेको बजेट वक्तव्यमा उल्लेख छ । 

यसका साथै कर्णाली प्रदेशको समानीकरण अनुदान प्रदेश सरकारबाट १ करोड ३२ लाख २१ हजार, सशर्त अनुदान चालु तर्फ १४ लाख १९ हजार र सशर्त अनुदान पुँजीगत तर्फ १ करोड ९७ लाख परिचालन हुने उल्लेख छ । 

प्रदेश सवारी साधनबाट १९ लाख २८ हजार २ सय ३७ आय अनुमान गरिएको पनि बजेट वक्तव्यमा उल्लेख छ । आर्थिक सर्वेक्षण गरेर बजेट तयार पारिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।

यसअघि विषयगत रूपमा विनियाेजन भएको बजेट कार्यान्वयनकाे अवस्था, प्रतिफल, सुधार गर्नुपर्ने पक्ष सहितको अध्ययन गरेर नगरपालिकाले पहिलो पटक बजेट बनाएको उहाँको भनाई छ । 

बजेटकाे पूर्ण पाठ:

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ०७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update