Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा १५ दिने मगर खाम भाषा तालिम सम्पन्न
फाइल फोटो ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा जनजाती लक्षित कार्यक्रम मगर खाम भाषा तालिम सम्पन्न भएको छ। आइतबार एक कार्यक्रमको आयोजना गरी  वडा नम्बर २ सिम्रुतुमा मगर खाम भाषा तालिम  समापन गरिएको हो । जेठ २५ गतेबाट सुरु भएको तालिम १५ दिनसम्म संचालन भएर आइतबार  सकिएको हो । त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोग रहेको तालिमको सहजीकरण तथा प्राविधिक सहयोग सिर्जनशील युवा संजाल नेपाल रुकुम पश्चिमले गरेको थियो । तालिममा पालिकाका विभिन्न ठाउँका  ३० जना प्रशिक्षार्थी  सहभागी  भएका थिए ।

समापन कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको  थियो भने प्रशिक्षक तथा भौतिक रुपमा सहयोग पुर्याउने संस्थालाई कदर पत्र प्रदान गरिएको थियो । प्रशिक्षक तथा प्रशिक्षार्थीलाई प्रमुख अतिथि त्रिवेणी गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले प्रमाणपत्र प्रदान गर्नुभयो ।

सिर्जनशील युवा संजाल नेपालका अध्यक्ष सोमपाल कामीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेको  प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै १ नम्बर वडा अध्यक्ष सुन्दर ओलीको विशेष आतिथ्यता रहेको थियो । त्यसैगरी २ नम्बर वडा सदस्य रेनुका विक, भिमदत्त बुढाथोकी, वाईसीएलका कर्णाली प्रदेश अध्यक्ष लक्ष्मण ओली, नेपाली काङ्ग्रेस २ नम्बर वडा सभापति उदिराम बुढाथोकी, त्रिवेणी मावी सिम्रुतुका सहायक प्रधानाध्यापक रामलाल गौतम  लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन  पत्रकार बलेन्द्र ओलीले गर्नुभएको थियो ।


प्रकाशित मिति: आइतबार, असार ८, २०८२  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update