
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले कखराकर्मी बलेन्द्र ओलीलाई सम्मान गरेको छ । १३ औं गाउँसभाको अवसरमा पालिकाले ओलीलाई संचार क्षेत्रबाट पालिकालाई पुर्याएको योगदानको कदर गर्दै सम्मानपत्रले सम्मान गरेको हो । उहाँलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर विक लगायतले सम्मान पत्र, दोसल्लाले सम्मान गर्नुभएको हो । ‘‘त्रिवेणी गाउँपालिकाको विकास र समृद्धको लागि संचार क्षेत्रबाट प्रचार प्रसार एंवम सूचना, समाचार सम्प्रेशन गरी उल्लेखिनिय योगदान गर्नुभएकोमा उक्त कार्यको उच्च मुल्यांकन गर्दै गाउँपालिकाको गरिमामय गाउँसभाको १३ औं अधिवेशनको अवसरमा तपाइको उज्वल भविष्यको कामना सहित यो सम्मान पत्र सम्मान गरिएको छ’’ सम्मान पत्रमा उल्लेख गरिएको छ ।
कखराकर्मी ओली रुकुम पश्चिमबाट संचालनमा रहेको कखरा अनलाइन डटकम र सरकारी संचार माध्यम राष्ट्रिय समाचार समिति(रासस)मा कार्यरत हुनुहुन्छ ।