Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट नगरपालिकाको १५ औँ नगर सभा सुरु 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको १५ औँ नगर सभा सुरु भएको छ । सभामा अहिले नगर प्रमुख महेन्द्र केसीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ ।

यसपछि नगर उपप्रमुख विमलकुमार पुनले आगामी आर्थिक वर्षका लागि बजेट पेस गर्ने कार्यसूची रहेको छ ।

असार १० गतेसम्म नगर सभामा नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस हुन लागेको हो । 

 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update