
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको बजेट गाउँसभामा प्रस्तुत भइरहेको छ । गाउँपालिका उपाध्यक्ष कमला रोका पुनले गाउँसभाको १७ अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२ ०८३ को बजेट पेस गरिरहनुभएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रम शनिबार गाउँसभामा पेस गरिसकेको छ ।
गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले नीति कार्यक्रम पेस गर्नुभएको थियो । असार १० गतेसम्म पालिकाले नीति तथा कार्यक्रम र बजेट गाउँ तथा नगर सभामा पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०८२ १३:१६
प्रतिक्रिया दिनुहोस्