Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ७० करोड 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि झन्डै ७० करोड बराबरको बजेट अनुमान गरेको छ । आजको १५ औँ नगर सभामा उपप्रमुख विमलकुमार पुनले आगामी वर्षका लागि ६९ करोड ९९ लाख ९४ हजार २ सय रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।

जसमा चालु तर्फ ५२ करोड ७० लाख ९४ हजार २ सय अर्थात् ७५.३० प्रतिशत रहेको छ भने पुँजीगत तर्फ १७ करोड २९ लाख अर्थात् २४.७० प्रतिशत मात्र रहेको छ । आय तर्फ सङ्घीय वित्तीय समानीकरण अनुदान ११ करोड ५८ लाख, राजश्व बाँडफाँड १० करोड ३४ लाख ३९ हजार २ सय र विशेष अनुदान ६९ लाख अनुमान गरिएको छ । 

त्यस्तै सङ्घीय सशर्त अनुदान ३६ करोड ३० लाख र समपूरक अनुदान ८७ लाख अनुमान गरिएको छ । प्रदेश समानीकरण अनुदान तर्फ ७० लाख, राजस्व बाँडफाँड १५ लाख र सशर्त अनुदान ३ करोड ४१ लाख ९८ हजार अनुमान गरिएको नगर उपप्रमुख पुनले नगर सभामा प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ । 

यसका साथै स्थानीय राजस्व बाँडफाँडबाट ७० लाख, नगरपालिकाको आन्तरिक स्रोतबाट २ करोड ६० लाख प्राप्त हुने अनुमान सहित चालु आर्थिक वर्ष २०८१/०८२ को मौज्दात १ करोड ८१ लाख समेत आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको छ । 

व्यय तर्फ सङ्घीय सरकार कुल सशर्त अनुदान ३१ करोड ५३ लाख, सशर्त पुँजीगत अनुदान ४ करोड ७७ लाख, समपूरक अनुदान ८७ लाख, विशेष अनुदान ६९ लाख, प्रदेश कुल चालु अनुदान ३६ लाख ९८ हजार, सशर्त पुँजीगत ३ करोड ५ लाख, नगरपालिकाको चालु १४ करोड ५३ लाख ५७ हजार र नगर पुँजीगत ४० लाख उल्लेख छ । 

त्यस्तै समपूरक म्याचिङ २ करोड ५० लाख, करार शिक्षक तलब २ करोड ८० लाख ३९ हजार २ सय, करार स्वास्थ्य कर्मचारी तलब ८० लाख, पूर्वाधार विकास समिति ८० लाख, सामाजिक विकास समिति ७० लाख, आर्थिक विकास समिति ५० लाख, विपत् व्यवस्थापन समिति १५ लाख, संस्थागत क्षमता विकास समिति १० लाख, विधेयक समितिबाट १० लाख खर्च हुने अनुमान गरिएको छ । 

व्यय तर्फ नै वडा स्तरीय पुँजीगत शीर्षकमा १ करोड ९६ लाख, वडागत विविध कार्यक्रम चालु खर्च ८४ लाख, वडा कार्यालय सञ्चालन ३५ लाख, नगर स्तरीय वहुवर्षिय योजना बहुतले पार्किङ भवनका लागि २ करोड र रुँघाखोला शीतल बजार पुल निर्माण शीर्षकमा ३५ लाख खर्च हुने बजेट वक्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update