Kakhara सबैको खबर सम्पूर्ण खबर
थवाङका सम्पर्क विहीन सातै जना कर्मचारी सम्पर्कमा

सम्पर्क विहीन भनिएमा रोल्पाको थबाङ गाउँपालिकाबाट सातै जना कर्मचारी सम्पर्कमा आएका छन् ।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले उहाँहरू सम्पर्कमै रहेको बताउनुभएको छ । “मैले हिजो राति १० बजेतिर प्रमुख प्रशासकीय अधिकृतसँग फोनमा कुरा गरेको थिएँ । उहाँहरूले हामी सकुशल छौँ, लिवाङ आउँदै छौँ भन्नुभयो । बिहान पनि फेरि सम्पर्क भएको छ । काम सकेर फर्किँदै छौँ भन्नुभएको छ,” उहाँले भन्नुभयो ।

 
कर्मचारीहरूमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगर, सहायक प्रशासन पाँचौँ तहका हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कँडेल, सब–इन्जिनियर चन्द्रप्रकाश ओली, निशा आचार्य, खा.पा.स.टे शिवकुमार ओली र सवारी चालक प्रदीप केसी सम्पर्क विहीन हुनुभएको थियो ।

थबाङ गाउँपालिकाले बुधवार एक विज्ञप्ति जारी गर्दै कर्मचारी सम्पर्कविहीन भएको जानकारी गराएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update