Kakhara सबैको खबर सम्पूर्ण खबर
भूकम्पः  त्रिवेणीमा ३२३ घरधुरी पुर्ननिर्माण हुने, अन्य घरधुरी केकेमा छनोट भए ?
फाइल फाेटाे ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका ३ सय २३ घर पुनर्निर्माण हुने भएका छन् । २०८० साल कात्तिक १७ गते राति जाजरकोटको रामिडाँडा केन्द्र विन्दु भएर गएको भूकम्पले क्षति पुर्‍याएका ५ हजार ८ सय ६८ घरहरू मध्ये ३ सय २३ घर मात्र पुनर्निर्माण हुने भएका हुन् । हालसम्म त्रिवेणी गाउँपालिकामा ९ सय ५७ घरधुरीको मात्रै विस्तृत क्षति आकलन (डिडिए) रिपोर्ट आएको छ  जसमा ३ सय २३ घर पुनर्निर्माणको लागि छनोटमा परेको त्रिवेणी गाउँपालिका विपद् शाखा फोकल पर्सन खिमबहादुर ओलीले जानकारी दिनुभयो । 

उहाँका अनुसार अन्य घरधुरीको डिडिए रिपोर्ट आउन बाँकी छ । पहिलो चरणमा आएको डिडिएको रिपोर्ट अनुसार ३ सय २३ घरधुरी पुनर्निर्माणमा छनोट भएका छन् भने ४४ घरधुरी मर्मत र ३ सय ७३ सामान्य मर्मतको लागि छनोट भएका छन् । त्यस्तै २ सय १७ घरधुरी केही गर्नु नपर्ने गरी डिडिए रिपोर्ट आएको फोकल पर्सन ओलीले जानकारी दिनुभयो ।

बाँकी घरको डिडिएको रिपोर्ट आउन २ हप्ता समय लाग्ने  गाउँपालिकाले जनाएको छ । भूकम्प प्रभावित लाभग्राहीले पहिलो र दोस्रो किस्ता गरेर ५० हजार रुपैयाँ प्राप्त गरेका थिए । पछि लाभग्राही कायम भएका २ सय ४३ लाभग्राहीले भने कुनै किस्ता पाउन सकेका छैनन् । 

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update