Kakhara सबैको खबर सम्पूर्ण खबर
जेन-जी आन्दोलनः चौरजहारीमा आज शोक विदा 
चाैरजहारी नगरपालिका ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आज शोक बिदा दिएको छ । जेन-जी को आन्दोलनमा ज्यान गुमाएकाको शोकमा नगरपालिकाले आज नगर भरमा सार्वजनिक बिदा दिएको हो । 

देश शोकमा डुबेको पीडादायी क्षणमा नगर कार्यपालिकाको कार्यालय र सो अन्तर्गतका निकाय तथा सामुदायिक र संस्थागत विद्यालयहरूमा समेत शोक बिदा दिइएको नगर पुष्प वादीले एक सूचना जारी गर्दै जानकारी गराउनुभएको छ । 

काठमाडौं लगायत देशका ठुला सहरमा भाद्र २३ गते जेन जीद्वारा न्याय, समानता, अधिकार र सुशासनका लागि आयोजित आन्दोलनका क्रममा हालसम्म १९ जनाले ज्यान गुमाउनु परेको र दर्जनौँ सङ्ख्यामा घाइते भएको पीडादायी घटनाले चौरजहारी नगरपालिका स्तब्ध र मर्माहत भएको छ, सूचनामा भनिएको छ । 

आन्दोलनमा संलग्न जेन–जी पुस्तका युवाहरूको निधनप्रति सम्पूर्ण राष्ट्रकै लागि अपूरणीय क्षति भएको दुःखद घडीमा चौरजहारी नगरपालिकाले दिवङ्गतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update