Kakhara सबैको खबर सम्पूर्ण खबर
आठविसकोट नगरपालिकाले ल्यायो टोल फ्री नम्बर संचालनमा 
फाइल फाेटाे ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले पैसा नलाग्ने टोल फ्री नम्बर संचालनमा ल्याएको छ । आजबाट नगर कार्यपालिकाकाे कार्यालयले पालिकाबाट हुने सेवा प्रवाह, प्राप्त गर्ने प्रक्रिया तथा सूचना एवंम जानकारीका लागि टोल फ्री नम्बर संचालनमा ल्याएको हो । नगरबासीहरुलाई लक्षित गरी पैसा नलाग्ने नम्बर १८१०५०००२३५ संचालनमा आएकाे आठविसकोट नगरपालिकाले जनाएको छ ।

टोल फ्री नम्बर संचालनमा आएसँगै नगरबासीले नगरपालिकाबाट हुने सेवा प्रवाह, प्राप्त गर्ने प्रक्रिया, सल्लाह सुझाव तथा गुनासो राख्ने पाउने छन् । सम्पर्क व्यक्ति निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमलाई ताेकिएकाे छ । यस अघी चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाले टोल फ्री नम्बर संचालनमा ल्याइसकेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update