Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा एमालेको जनसभा (फाेटाे फिचर)

नेकपा एमाले रुकुम पश्चिमले पनि आज जिल्ला सदरमुकाम मुसिकोट खलङ्गामा जनसभा गरेको छ । देशव्यापी कार्यक्रम अन्तर्गत रुकुम पश्चिममा पनि आज जन सभा गरेको नेकपा एमाले रुकुम पश्चिमले जनाएको छ । 

एमालेले संसद् पुनर्स्थापनाको माग गर्दै वडा, पालिका हुँदै आज जिल्ला स्तरीय जन सभा गरेको हो । गत भदौ २३ र २४ गतेको जे नजी आन्दोलन हिंसात्मक बनेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पद त्याग्न बाध्य हुनुभएको थियो । 

त्यसपछि २७ भदौमा प्रतिनिधि सभा विघटन गरी पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । एमालेले संसद् विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाको आवाज उठाउँदै आएको छ । 

साथै एमालेले गत भदौ २३ र २४ गतेको घटनामा निष्पक्ष छानबिनको माग गरिरहेको छ । उक्त मुद्दालाई देशभरिबाट उठाएर सरकारलाई दबाब दिने उद्देश्यले रुकुम पश्चिममा पनि आज जन सभा आयोजना गरिएको हो । जनसभा अघि मुसिकोटमा मोटरसाइकल र्‍याली गरिएको थियो । 

त्यसपछि विभिन्न नाराबाजी सहित मुसिकोट खलङ्गामा र्‍याली निकालिएको थियो । क्रममा संसद् पुनर्स्थापना, जेन जी आन्दोलनको छानबिन, दोषीलाई कारबाही लगायतको माग गरिएको थियो । र्‍याली पछि खलङ्गाको बाल मन्दिरमा सभा सञ्चालन गरिएको थियो । 

नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटाको अध्यक्षतामा भएको जनसभामा नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य गोविन्द केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै सभामा नेकपा एमालेका प्रदेश सदस्यहरू टङ्कप्रसाद ओली, हरिप्रसाद शर्मा, कौशिला केसी, कर्णबहादुर ओली, कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्ल, पूर्व कर्णाली प्रदेश सदस्य नारायणकुमार शाह, जिल्ला उपसचिवहरू तिलक बस्नेत र व्युझना पुन देवकोटा लगायतको आतिथ्यता रहेको थियो । 

नेकपा एमाले रुकुम पश्चिमका उपाध्यक्ष मनवीर घर्तीको स्वागत मन्तव्य रहेको सभाको सञ्चालन जिल्ला सचिव शशीराम नेपालीले गर्नुभएको थियो । सभा मार्फत दुई जनाले पार्टी प्रवेश समेत गरेको नेकपा एमाले रुकुम पश्चिमले जनाएको छ । 

फोटोमा हेर्नुहोस् जनसभा 

UML-Rukum-West-(10)-1763207930.jpg

UML-Rukum-West-(4)-1763207922.jpg

UML-Rukum-West-(2)-1763207919.jpg

UML-Rukum-West-(6)-1763207924.jpg

UML-Rukum-West-(1)-1763207919.jpg

UML-Rukum-West-(9)-1763207930.jpg

UML-Rukum-West-(11)-1763207932.jpg

UML-Rukum-West-(8)-1763207927.jpg

UML-Rukum-West-(7)-1763207927.jpg

UML-Rukum-West-(3)-1763207920.jpg

UML-Rukum-West-(6)-1763207924.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update