Kakhara सबैको खबर सम्पूर्ण खबर
नवौँ नगर प्रमुख कप तथा राष्ट्रपति रनिङ शिल्ड शितल मावि चौरजहारीले जित्यो 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा संचालित नवौँ नगर प्रमुख कप तथा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएको छ । विहिबारबाट सुरु भएको शिल्ड शनिबार सम्पन्न भएको हो हो । शिल्डमा १० वटा विद्यालयलाई पछि पार्दै शितलमा मावि चौरजहारी प्रथम भएको छ । उसले १० स्वर्ण, ७ रजत र ४ कास्यसहित २१ पदक जितेको छ ।

त्यस्तै दोस्रो भएको हिमालय मावि खोलागाँउले ९ स्वर्ण, ४ रजत र ४ कास्य पदक गरी १७ पदक प्राप्त गर्दा तेस्रो भएको माध्यामिक विद्यालय खहरेले ५ स्वर्ण, ५ रजत र ८ कास्य गरी १८ पदक प्राप्त गरेको चौरजहारी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । शिल्डमा माध्यामिक तथा आधारभूत तहका १० वटा विद्यालय र १ संस्थागत गरी ११  वटा विद्यालयमा अध्यनरत विद्यार्थीेले सहभागिता जनाएका थिए । शिल्डमा विभिन्न ३० विधामा खेलकुद प्रतियोगिताहरु भएका थिए ।

शिल्ड सफल बनाउन सहयोग गर्ने विद्यार्थी, शिक्षक, अभिभावक, रेफ्री, स्वयंसेवक, सुरक्षाकर्मी, प्राविधिक, पत्रकार र खेलप्रेमी सम्पूर्णमा चौरजहारी नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ । ६ स्थानीय तहमध्ये सानीभेरी गाउँपालिकाले शिल्ड सम्पन्न गरिसकेको छ । भने मुसिकोट नगरपालिकामा शिल्ड जारी छ । अन्य स्थानीय तह त्रिवेणी तथा बाँफिकोट गाउँपालिका र आठविसकोट नगरपालिका शिल्ड हुन बाँकी छ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update