रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा ३ दिने व्यावसायिक विकास योजना सम्बन्धी तालिम सुरु भएको छ । मानव विकास तथा सामुदायिक सेवा (एचडिसीएस) अन्तर्गत सञ्चालित राइज–अप परियोजनाले उक्त तालिम आजबाट सुरु गरेको हो । अपाङ्गता भएका व्यक्ति तथा उनीहरूको परिवारका सदस्यहरूलाई उद्यमशीलता तथा व्यावसायिक योजना बनाउने ज्ञान, सीप र व्यावहारिक क्षमता बढाएर आर्थिक आत्मनिर्भरता तर्फ उन्मुख गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको परियोजना अधिकृत सन्देश जैसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तालिमको सहजीकरण जिल्ला कृषि विकास कार्यालय रुकुम पश्चिमका प्रमुख भरतबहादुर बस्नेतले गरिरहनु भएको छ । व्यावसायिक योजना तालिममा २८ जनाको सहभागिता रहेको छ । तालिम बुधवार सम्पन्न हुने परियोजना अधिकृत जैसीले जानकारी दिनुभयो । तालिमको आज एक कार्यक्रमका बिच चौरजहारी नगर उपप्रमुख ईश्वरीकुमारी शर्मा विएमले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रुकुम पश्चिमका अध्यक्ष गोपालप्रसाद रेग्मी, चौरजहारी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख पवित्रा पोखरेल लगायतको सहभागिता आतिथ्यता रहेको थियो । तालिम नगरपालिकाको वडा नम्बर १ स्थित होटेल मीड भ्यालीमा सञ्चालन भइरहेको छ ।





-1759842583.jpg)