रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा संचालित चौथो राष्ट्रपति रनिङ शिल्ड सम्पन्न भएको छ । गत आइतबारबाट संचालन भएको नगरपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड विहिबार सकिएको हो । चौथो राष्ट्रपति रनिङ शिल्डमा विजेता भएसँगै मुसिकोट १ खलंगामा रहेको त्रिभुवन जनता मावि लगातार तेस्रो पटक विजेता हुँदै शिल्ड कब्जा गरेको छ ।
नगरभित्रका सामुदायिक तथा संस्थागत गरी १७ वटा विद्यालयल पछि पार्दै त्रिजमावि प्रथम भएको हो । प्रथम भएको त्रिजमाविले १५ स्वर्ण, १० रजत र ५ कास्य गरी कुल ३० पदक प्राप्त गरेको छ । त्यस्तै दोस्रो भएको यमुना नन्द नमुना मावि मुसिकोट ५ सेरिगाउँले १० स्वर्ण, १० रजत र १२ कास्य गरी कुल ३२ पदक प्राप्त गरेको छ । तेस्रो भएaको महेन्द्र मावि मुसिकोट १३ छिवाङले १० स्वर्ण, ५ रतज र ५ कास्य गरी कुल १७ पदक प्राप्त गरेकोको राष्ट्रपति रनिङ शिल्ड संचालन समितिका संयोजक भक्तबहादुर खडकाले जानकारी दिनुभयो । त्यस्तै विजश्वरी सेकेन्डरी बोर्डिङ स्कुलले ५ स्वर्ण ८ रजत र ११ कास्य गरी २४ पदक प्राप्त गरी चौथो स्थान प्राप्त गरेको छ ।
शिल्डमा त्रिपरा मावि छिङ, मालिका मावि चुन र एकेडेमी बोर्डिङ स्कुल सोलावाङ पदक विहिन बनेका छन् । नगरभित्रका सामुदायिक तथा संस्थागत गरी १७ वटा विद्यालयले शिल्डमा सहभागिता जनाउँदा मुसिकोट ५ सेरिगाउँमा रहेको न्यू मुन लाइट सेकेन्डरी बोर्डिङ स्कुलले भने यस वर्ष शिल्डमा सहभागिता जनाएको थिएन । शिल्डमा संचालन विभिन्न खेलकुद प्रतियोगिता सम्पन्नन भएसँगै हिजो नै पदक विजेता सवैलाई एक कार्यक्रमका विच पुरस्कार प्रदान गरिएको संयोजक खड्काले जानकारी दिनुभयो ।
लगातार तीन पटक शिल्ड जितेसँगै अव राष्ट्रपति रनिङ शिल्ड संचालन गर्दा नयाँ शिल्ड खरिद गरी राष्ट्रपति रनिङ संचालन गर्नुपर्ने छ । लगातार तेस्रो पटक शिल्ड जितेसँगै शिल्ड अव विद्यालयमै सधैका लागि सुरक्षित हुने भन्दै विद्यालयले खुसी व्यक्त गरेको छ ।





-1759842583.jpg)