Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणीमा विपद् तथा दिर्घरोगका कारण प्रभावित ३२ जनालाई आर्थिक सहयोग गरिँदै 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । विपद् व्यवस्थपनको विषयमा विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको हो । बैठकले चालु आर्थिक वर्षमा विपद् तथा दिर्घरोगका कारण प्रभावित ३२ जनालाई ३ लाख ५ हजार रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको गरेको छ ।

त्यस्तै पीडितहरूको क्षति विवरण संकलन गरी, प्रहरी मुचुल्का तथा पालिकाको कार्यविधिअनुसार अधिकतम २० हजारदेखि न्यूनतम २ हजार सम्मको आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको त्रिवेणी गाउँपालिको जनाएको छ । बैठकले स्थानीय गुनासो सुनुवाइ समिति पनि गठन गरेको छ । जसको संयोजकमा पालिका अध्यक्ष गणेशकुमार केसी, सह–संयोजकमा पालिका उपाध्यक्ष राजकुमारी रेउले, सदस्यमा प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारी, प्रहरी प्रतिनिधि विजय ओली, र सदस्य–सचिवमा प्राविधिक खिमबहादुर ओली रहनुभएको ।

गुनासो सुनुवाइ समितिले स्थानीय तहमा देखिएका समस्याहरूको समाधान तथा सेवा प्रवाहलाई तथ प्रभावकारी बनाउने बताएको छ । बैठकले भूकम्प प्रभावितमध्ये विस्तृत क्षेति आंकलन (डिडिए) प्रक्रिया भई निस्सा तयार भएका व्यक्तिहरूको अद्यावधिक विवरण नआएकोमा आवश्यक कागजात तत्काल पठाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई आग्रह गरेको त्रिवेणी गाउँपालिका विपद फोकल प्रर्सन खिमबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस पश्चात विवरणका आधारमा आवश्यक पुनर्निर्माण कार्य अघि बढाउने छ । 

जाडो मौसममा हुन सक्ने चिसो, आगलागी, स्वास्थ्य जोखिम लगायत सम्भावित चुनौती न्युनिकरणका गर्न बैठकमा विशेष छलफल गरिएको विपद् फोकल पर्सनओलीले जानकारी दिनुभयो । विपद्मा जोखिम कम गर्न आवश्यक पूर्वतयारी, समुदायस्तरको सचेतना, र समन्वयात्मक कार्ययोजना तत्काल  लागु गरिने त्रिवेणी गाउँपालिको जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update