Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी खड्कालाई

रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा नरवीर खड्कालाई खटाइएको छ । प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकी ‎सानीभेरी गाउँपालिकामा तीन वर्ष काम गरेर सल्यानको छत्रेश्वरी गाउँपालिकामा सरुवा भएपछि नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खड्कालाई दिइएको हो । खड्का गृह मन्त्रालय कार्यरत हुनुन्थ्यो ।

उहाँलाई सामान्य प्रशासन मन्त्रालयले सानीभेरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । ‎सानीभेरी गाउँपालिका १० चिन्तु निवासी खड्काले जिल्लाको मुसिकोट नगरपालिकामा समेत निमित्त प्रमुख प्रशासकीय अधिकृत भई काम गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update