Kakhara सबैको खबर सम्पूर्ण खबर
चौरजहारीमा कृषि प्रदर्शनी मेला हुने 

रुकुम पश्चिमको  चौरजहारी नरपालिकामा यही मंसिर २६ गते “कृषि मेला प्रदर्शनी, हुने भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरपालिका स्तरिय “कृषि मेला प्रदर्शनी हुने भएको हो । कृषि प्रदर्शनी मेलामा उत्कृष्ट कुषकलाई पुरस्कार सहित सम्माान समेत गरिने नगरपालिकाले जनाएको छ । 

नगरपालिका भित्रका कृषकहरूले आ–आफ्नो कृषि उत्पादन÷उपजहरू प्रदर्शनी स्टलमा दर्ता गरी पुरस्कार जित्न सक्ने अवसर रहेकाले कृषि प्रदर्शनी मेलामा सहभागि हुन चौरजहारी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले कृषक सवैमा अनुरोध गर्नुभएको छ । कृषि प्रदर्शनी मेला कृषि उपज संकलन तथा बिक्री केन्द्रको भवन रहेको वडा नम्बर ११ बसपार्क टाटामा कृषि प्रदर्शनी मेला आयोजना गरिएको छ ।
कृषि प्रदर्शनी मेलामा कृषि उपजहरू ‎खाद्यान्न बाली अन्तरर्गत धान, मकै, गहुँ, मौसमी बेमौसमी तरकारी बालीहरू अन्तरर्गत काउली, बन्दा, टमाटर, खुर्सानी, प्याज, ‎फलफूल बाली अन्तर्गत सुन्तला, कागती, मौसम, किवी, केरा, भुईंकटहर, अमिलो आदि प्रदर्शनमा रहनेछन् । जसको लागि कृषकहरूले  ‎कम्तिमा १ किलो पारदर्शी प्लाष्टिकमा प्याकेजिङ बोटसहित हाँगा सहितको फलहरू ल्याउनु पर्ने छ । 

त्यस्तै मसला बाली अन्तर्गत अदुवा, बेसार, अलैंची, कफी, उखु बोटसहित  र दलहन तथा तेलहन बाली अन्तर्गत सिमी, बोडी, भटमास, तिल, तोरी, रायो, मूलाकोबोट सहित वा कम्तिमा १ किलो प्याकेजिङ्ग गरेर कृषकले प्रदर्शनी स्टलमा राख्नुपर्ने छ । सोही मध्यमबाट छनोट गरेर स्थान हासिल गर्ने कृषकलाई पुरस्कार सहित सम्मान गरिने नगरपालिले जनाएको छ ।

प्रदर्शनी मेलामा प्रथम आउने कृषकलाई नगद ३ हजार रुपैयाँसहित प्रमाणपत्र, त्यस्तै दोस्रो स्थान प्राप्त गर्ने कृषकलाई नगद २ हजार सहित प्रमाणपत्र, तेस्रो स्थान प्राप्त गर्ने कृषकलाई १ हजार र सान्तवना हुने कृषकलाई ७ सय रुपैयाँ सहित प्रमाणपत्रको व्यवस्था गरिएको चौरजहारी नगरपालिका रुकुम पश्चिमले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update