Kakhara सबैको खबर सम्पूर्ण खबर
नलगाड ६ का ६० जना कृषकलाई किवी खेती सम्बनधी तालिम

जाजरकोटको नलगाड नगरपालिकामा २ दिने किवी खेती सम्बन्धी तालिम सम्पन्न भएको छ । असल छिमेकी नेपालको आयोजना तथा नलगाड नगरपालिकाको समन्वयमा किवी खेती सम्बन्धी तालिम सम्पन्न भएको हो । यही मंसिर १४ र १५ गते नलगाड नरपालिका वडा नम्बर ६ को थाप्लामा र २२ र २३ गते वडा नम्बर ६ कै गर्छिनामा २२ दिन किवि खेती सम्बन्धी तालिम संचालन गरिएको असल छिमेकी नेपालका फिल्ड सुपरभाइजर दान महताराले जानकारी दिनुभयो ।

 उहाँका अनुसार विपदबाट प्रभावित भएका घरपरिवारलाई छनोट गरी तालिम दिएको हो । तालिममा किवि लगाउने तरिका, माटो परिक्षण, किवीको छाँटकाट, फोम व्यवस्थापन, विरुवमा लाग्ने रोग तथा किराहरुको विषयमा सहभागिलाई तालिम प्रदान गरिएको थियो । तालिमको सहजिकरण नलगाड नगरपालिका कृषि शाखा प्रमुख अमृत अधिकारी र अधिकृत केशव थापाले गर्नु भएको थियो ।

किवी खेतीको लागि उपयुक्त मौषम सुरू हुन लागेको तालिमको आयोजना गरिएको असल छिमेकी नेपालले जनाएको छ । तालिममा सहभागि ६० जनालाई प्रमाणपत्रको समेत व्यवस्था गरिएको थियो । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update