Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिकाकाे चौथो राष्ट्रपति रनिङ शिल्ड १३ गतेदेखि हुने 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड  हुने भएको छ । यही पुष १३ गतेदेखि १५ गतेसम्म वडा नम्बर दुई सिम्रुतुमा रहेको  सिम्रुतु क्याम्पसको प्राङ्गणमा चाैथाे राष्ट्रपति रनिङ  शिल्ड हुने भएको हो । शिल्डमा  छात्र, छात्रा भलिबल, कवड्डी, एथ्लेटिक्स तर्फ एक सय मिटर, दुइ सय, ४ सय, ८ सय, १५  सय र तीन  हजार मिटर छात्र छात्रा दौड प्रतियोगिता संचालन छन् । 

त्यस्तैगरी ४ सय, १६ सय मिटर छात्र, छात्रा रिले दौड प्रतियोगिता संचालन हुने त्रिवेणी गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख मानबहादुर विश्वकर्माले जानकारी दिभयो । उहाँका अनुसार शिल्डमा फिल्डका खेलकुद तर्फ छात्र, छात्रा हाइजम्प, लङ्जम्प, त्रिपलजम्प र ज्याभ्लिङ थ्रो, सटपुट, मार्शल आर्ट तर्फ छात्रा, छात्र तेक्वान्दो र कराते प्रतियोगिताहरु पनि संचालन हुनेछन् । शिल्डमा पालिकामा रहेका ११ वटा माध्यामिक विद्यालयले प्रतिस्पर्धा गर्ने शिक्षा युवा तथा खेलकुद शाखा त्रिवेणी गाउँपालिकाले जनाएको छ ।

यस अघी मुसिकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी गाउँपालिकाले शिल्ड संचालन गरिसकेका छन् ।  आठविसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाले  भने अझै शिल्ड संचालन गर्न सकेका छैनन् ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update