Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । आज एक कार्यक्रमका विच त्रिवेणी गाउँपालिका अध्यक्ष गनेशकुमार केसीले शिल्डको उद्घाटन गर्नुभएको हो । शिल्ड वडा नम्बर २ मा रहेको सिम्रुतु क्याम्पसको प्राङगणमा सुरु भएको छ । आजबाट सुरु भएको शिल्ड मंगलबारसम्म चल्ने छ । 

शिल्डमा छात्र, छात्रा भलिबल, कवड्डी, एथ्लेटिक्स तर्फ एक सय मिटर, दुइ सय, ४ सय, ८ सय, १५  सय र तीन  हजार मिटर छात्र छात्रा दौड प्रतियोगिता हुनेछन् । त्यस्तैगरी ४ सय, १६ सय मिटर छात्र, छात्रा रिले दौड प्रतियोगिता संचालन हुने त्रिवेणी गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख मानबहादुर विश्वकर्माले जानकारी दिभयो । उहाँका अनुसार शिल्डमा फिल्डका खेलकुद तर्फ छात्र, छात्रा हाइजम्प, लङ्जम्प, त्रिपलजम्प र ज्याभ्लिङ थ्रो, सटपुट, मार्शल आर्ट तर्फ छात्रा, छात्र तेक्वान्दो र कराते प्रतियोगिताहरु पनि संचालन हुनेछन् । शिल्डमा पालिकामा रहेका ११ वटा माध्यामिक विद्यालयले प्रतिस्पर्धा गर्दै छन् ।

605299845_25265639383117934_2632507283256240303_n-1766909408.jpg

त्रिवेणी गाउँपालिका सामाजिक विकास समितिका संयोजक रणबहादुर पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पालिका अध्यक्ष गनेशकुमार केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पूर्व त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीको विषेश आतिथ्यता रहेकोमा, राष्ट्रिय भूमि आयोग रुुकम पश्चिमका पुर्व अध्यक्ष मिनबहादुर ओली, गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले खड्का, जिल्ला समन्वय समितिका पूर्व सदस्य टेबबहादुर ओली, पुर्व त्रिवेणी गाउँपालिका उपाध्यक्ष निर्माला विष्टकाे आतिथ्यता रहेको थियो । त्यसैगरी  सिम्रतु क्याम्पस प्रमुख सूर्यविक्रम खड्का, त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारी, वडा अध्यक्ष, वडा सदस्य लगायत राजनितिक दलका प्रमुख तथा प्रतिनिधीहरुको पनिआतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन शिक्षक कुबेर ओलीले गर्नुभएको थियो ।

६ वटा स्थानीय तह रहेको रुकुम पश्चिममा मुसिकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी गाउँपालिकाले शिल्ड संचालन गरिसकेका छन् ।  आठविसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाले  भने अझै शिल्ड संचालन गर्न सकेका छैनन् ।
 

प्रकाशित मिति: आइतबार, पुस १३, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update