Kakhara सबैको खबर सम्पूर्ण खबर
मानबहादुर नेपाली काँग्रेसको समानुपातिक बन्द सूचिमा 

नेपाली काँग्रेसको समानुपातिक बन्द सूचिमा रुकुम पश्चिमबाट एक जना परेका छन् । जिल्लाबाट पूर्व जिल्ला सभापति मानबहादुर नेपाली पर्नुभएको हो । उहाँ दलितबाट कर्णाली प्रदेश तर्फ पार्टीको समानुपातिक बन्द सूचिमा परेको नेपाली काँग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो । 

काँग्रेस रुकुम पश्चिमले जिल्लाबाट नेपाली सहित महिला तर्फ मनिषा भण्डारी र सीता ओलीको नाम पनि सिफारिस गरेको थियो । तर पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्द सूचिमा भने नेपाली मात्र पर्नुभएको हो ।

जिल्लाबाट नेकपा एमाले, प्रगतिशील लोकतान्त्रिक पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भने को को सिफारिस भए भन्ने बारेमा उक्त पार्टीले जानकारी गराएका छैनन् । जिल्लाबाट सिफारिस भएका मध्ये नेकपाबाट १ जना र रास्वपाबाट २ जना बन्द सूचिमा परेका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update