Kakhara सबैको खबर सम्पूर्ण खबर
एमाले रुकुम पश्चिमद्वारा प्रत्यक्षमा नन्दराम एकल सिफारिस 

नेकपा एमाले रुकुम पश्चिमले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फ नन्दराम देवकोटालाई एकल सिफारिस गरेको छ । जिल्ला समिति बैठकले जिल्ला अध्यक्ष नन्दराम देवकोटालाई एकल सिफारिस गरेको हो । देवकोटा २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि प्रत्यक्ष तर्फ निर्वाचन लड्नुभएको थियो ।

उहाँ तत्कालीन नेकपा माओवादी केन्द्रका जनार्दन शर्मासँग पराजित हुनुभएको थियो । नेपाली काँग्रेसको उम्मेदवार नभएको उक्त निर्वाचनमा शर्मा र देवकोटाकै बिचमा मुख्य प्रतिस्पर्धा भएको थियो । तर देवकोटा २६ हजार ५ सय ८८ मतान्तरले पराजित हुनुभएको थियो ।

शर्माले ३९ हजार ५ सय ४९ मत ल्याएर विजयी हुँदा देवकोटाले दोस्रो स्थानमा रहँदै १२ हजार ९ सय ६१ मत पाउनुभएको थियो । उक्त निर्वाचनमा काँग्रेसले माओवादीलाई सघाएको थियो । यस पटक भने जनार्दन शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माण गरेर प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा नगएपछि रुकुम पश्चिमको निर्वाचन रोचक मोडमा छ ।

प्रचण्ड नेतृत्वको नेकपाले गोपाल शर्मालाई प्रत्यक्ष तर्फ एकल सिफारिस गरेको छ । प्रगतिशील लोकतान्त्रिक पार्टीले भने उम्मेदवार सिफारिस गरिसकेको छैन । शर्मा आफै चुनाव लड्ने वा अरू कोही उम्मेदवार हुने चासोका साथ हेरिएको छ । काँग्रेसले भने प्रत्यक्ष तर्फ पूर्व राज्यमन्त्री गोपालजिजंग शाह र जिल्ला सभापति प्रेमप्रकाश ओलीलाई सिफारिस गरिसकेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update