रुकुम पश्चिमको आठविकोट नगरपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड हुने भएको छ । माघ ४ गतेदेखि ८ गतेसम्म हिमालय माध्यमिक विद्याय दाँजेको प्राङ्गणमा छैटौं राष्ट्रपति रनिङ शिल्ड हुने भएको हो । शिल्डमा छात्र, छात्रा भलिबल, कवड्डी, एथ्लेटिक्स तर्फ एक सय मिटर, दुइ सय, ४ सय, ८ सय, १५ सय र तीन हजार मिटर छात्र छात्रा दौड प्रतियोगिता संचालन छन् ।
त्यस्तैगरी ४ सय, १६ सय मिटर छात्र, छात्रा रिले दौड प्रतियोगिता संचालन हुने आठविसकोट नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखा जनाएको छ । शिल्डमा फिल्डका खेलकुद तर्फ छात्र, छात्रा हाइजम्प, लङ्जम्प, त्रिपलजम्प र ज्याभ्लिङ थ्रो, सटपुट, मार्शल आर्ट तर्फ छात्रा, छात्र तेक्वान्दो र कराते प्रतियोगिताहरु पनि संचालन हुनेछन् । शिल्डमा सहभागिको लागि विद्यार्थीहरुको विवरण यही पुस २९ गतेभित्र शिक्षा युवा तथा खेलकुद शाखामा पेश गर्न सवै माध्यमिक विद्यायललाई नगरपालिकाले अनुरोध गरिएको छ ।
६ स्थानीय तह रहेको रुकुम पश्चिममा अघी मुसिकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाले शिल्ड संचालन गरिसकेका छन् । बाँफिकोट गाउँपालिकाले भने अझै शिल्ड संचालन गर्न सकेका छैन् ।





-1759842583.jpg)
