रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ५ सय ३७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । १४ वटै वडाका गरी ५ सय ३७ जना जेष्ठ नागरिकलाई नगरपालिकाले न्यानो कपडासहित सम्मान गरेको हो । विहिबार वडा नम्बर १, २, ३, ४, ७, ८ र ९ नम्बरका जेष्ठ नागरिकलाई नगरपालिकामै बोलाएर सम्मान गरिएको हो । भने शुक्रबार आज ५, ६, १०, ११, १२, १३ र १४ नम्बर वडाका जेष्ठ नागरिकलाई सम्बन्धित वडा कार्यालयमा बोलाएर न्यानो कपडा वितरण गरी सम्मान गरिएकाे चौरजहारी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरर्गत नगरपालिकाको ५ लाख बजेट विनियोजन गरेको थियो । सोही रकमबाट जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । यो वर्ष ७६ वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरिएको र आगामि आर्थिक वर्षमा अन्य उमेर समुका जेष्ठ नागरिकलाई सम्मान गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो । जेष्ठ नागरिक सबैलाई सम्मान स्वरुप एक/एक वटा न्यानो जोकेट वितरण गरिएको चौरजहारी नगरपालिकाले जनाएको छ ।






-1759842583.jpg)
