रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा छैंटौं राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । शिल्डको आज कर्णाली प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री महेन्द्र केसीले उद्घाटन गर्नुभएको हो । आजबाट हिमालय माध्यमिक विद्याय दाँजेको प्राङ्गणमा सुरु भएको शिल्ड ८ गतेसम्म संचालन हुनेछ । शिल्डमा छात्र, छात्रा भलिबल, कवड्डी, एथ्लेटिक्स तर्फ एक सय मिटर, दुइ सय, ४ सय, ८ सय, १५ सय र तीन हजार मिटर छात्र छात्रा दौड प्रतियोगिता संचालन हुने छन् ।
त्यस्तैगरी ४ सय, १६ सय मिटर छात्र, छात्रा रिले दौड प्रतियोगिता संचालन हुने आठविसकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा जनाएको छ । शिल्डमा फिल्डका खेलकुद तर्फ छात्र, छात्रा हाइजम्प, लङ्जम्प, त्रिपलजम्प र ज्याभ्लिङ थ्रो, सटपुट, मार्शल आर्ट तर्फ छात्रा, छात्र तेक्वान्दो र कराते प्रतियोगिताहरु पनि संचालन हुनेछन् ।
६ स्थानीय तह रहेको रुकुम पश्चिममा यसअघि मुसिकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाले शिल्ड संचालन गरिसकेका छन् । बाँफिकोट गाउँपालिकाले भने अझै शिल्ड संचालन गर्न सकेको छैन् ।






-1759842583.jpg)