राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमका उम्मेदवार मानबहादुर शाहीले देशले अहिले नेतृत्वको अभाव झेलिरहेको भन्दै उक्त नेतृत्व अभाव पूर्तिका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै शाहीले यस्तो बताउनुभएको हो ।
तपाइको जितको आधार के हो भन्ने प्रश्नमा उहाँले भन्नुभयो–‘मलाई के थाहा छ भने रुकुमेली जनताहरू शिक्षित छन्, हरेक कुरामा सचेत छन्, जहाँ सचेत शिक्षित मान्छेहरू बस्छन् उनीहरूले विद्रोहको आवाज बोल्छन्, देशैभरि परिवर्तन र सुशासनको लहर चलिरहेको छ, यसको नेतृत्व रास्वपाले गरिरहेको छ, रुकुम पश्चिममा त्यसको नेतृत्व म लिन सक्छु, यो आत्मविश्वास छ, यो नै मेरो जितको आधार हो ।’
शाही इन्जिनियर पेसामा कार्यरत हुँदा हुँदै शाही प्रत्यक्ष राजनीतिमा होमिनुभएको छ ।




-1759842583.jpg)