Kakhara सबैको खबर सम्पूर्ण खबर
साङंखोलाले बगाएका  दुई जनाको अवस्था अझै अज्ञात 
फाइल फाेटाे ।

रुकुम पूर्वको  पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ६ स्थित साङंखोलामा बगेर बेपत्ता भएका दुई जनाको अवस्था अझै अज्ञात रहेको छ  ।आइतबार दिउँसो खोला तर्ने क्रममा बगेर बेपत्ता भएका  ४९ वर्षीय बुद्धिराज सेन र ७० वर्षीय तीर्थराज शाहीको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । सोही वडाको खरिढुङ्गा भन्ने ठाउँबाट घर फर्कने क्रममा सांङखोलाले बगाएको थियो ।

खोलाले बगाएका दुवै जना सोही वडाका हुन् । गत असार २२ गते सांङखोलामा आएको बाढीले सहिद मार्ग सडक खडक बगाए पछि उक्त खोलामा अहिले काठको स्याँकु निर्माण गरेर आवजजावत गर्ने गरिएको छ । सोही स्याँकु मार्फत खोला  तर्ने क्रममा स्याँकुबाट चिप्लिएर खस्दा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेपत्ता भएका दुई जनाको खोजीका लागि स्थानीय र जिल्लाका विभिन्न युनिटका प्रहरीले खोजी गरिरहेका छन् । ‘‘हामीले घटना घटेको सूचना पाए लगत्तै जिल्लाका विभिन्न युनिटका प्रहरी परिचालन गरेर खोजी गरिरहेका छौ, अहिले पनि खोजी भइरहेको छ, प्रहरी निरीक्षक विकले भन्नुभयो ।’’ वर्षातको समय भएका कारण खोला तथा नदीहरुमा पानीको सतह बढेको छ, त्यसकारण पनि खोजीकार्यमा कठिनाइ भइरहेको उहाँले बताउनुभयो । हरेक वर्ष वर्षा सुरुभए देखी यस क्षेत्रको सडक खण्ड अवरुद्ध हुने गरेको छ भने स्थानीयले जोखिम मोलेर यात्रा गर्ने गरेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update