Kakhara सबैको खबर सम्पूर्ण खबर
बाढीपीडितका लागि विजयश्वरी स्कुलको २ लाख १ हजार सहयोग

भोटेकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, धादिङ, नुवाकोटलगायतका क्षेत्रमा राहत तथा पुनः स्थापनाका लागि मुसिकोट–१, सुन्दरवस्तीस्थित विजयश्वरी सेकेन्डरी इङ्लिस मिडियम बोर्डिङ स्कुलले आर्थिक सहयोग गरेको छ । विद्यालयले बाढीपीडितका लागि २ लाख १ हजार ९ सय ९४ रुपैयाँ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को राहत कोषमा जम्मा गरेको हो ।

विद्यालयका प्रिन्सिपल जयबहादुर थापाका अनुसार बाढीका कारण भएको अपूरणीय धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै विद्यालय परिवारबाट उक्त सहयोग रकम सङ्कलन गरिएको हो । सहयोग रकममध्ये विद्यालयको तर्फबाट ५८ हजार रुपैयाँ, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट ९१ हजार ६ सय ५९ रुपैयाँ र विद्यालयमा अध्ययनरत विद्यार्थीबाट स्वतःस्फूर्त ५२ हजार ३ सय ३५ रुपैयाँ सङ्कलन गरिएको विद्यालयले जनाएको छ ।

विपद्को समयमा पीडित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम राहत कोषमा जम्मा गरेको विद्यालयका प्रीन्सिपल थापाले जानकारी दिनुभयो । स्कुलले सामाजिक कार्य सँगै गुणस्तरीय, व्यवहारिक र संस्कारयुक्त शिक्षालाई प्राथमिकतामा राख्दै विद्यार्थीको शैक्षिक तथा सामाजिक विकासमा जोड दिँदै आएको छ । विद्यालयले शिक्षासँगै विद्यार्थीमा मानवीय संवेदना, सहयोगी भावना र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न विभिन्न सामाजिक तथा मानवीय कार्यमा समेत सहभागिता जनाउँदै आएको बोर्डिङ स्कुलले  जनाएको छ ।

विद्यालय परिवारले बाढीपीडितको दुःखमा साथ दिने उद्देश्यले शिक्षक, कर्मचारी र विद्यार्थीको सहभागितामा रकम संकलन गरी सहयोग गरेको हो । सहयोगले विपद्का कारण प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा केही योगदान पुग्ने विश्वास विद्यालयले व्यक्त गरेको छ । विपद्का बेला सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै बाढीपीडितको राहत तथा पुनः स्थापनामा सहयोग पुग्ने प्रीन्सिपल थापाले  विश्वास व्यक्त गर्नुभएको छ  ।

slip-1788773176.jpeg
 

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update