रुकुम पश्चिमका पत्रकार तथा सर्जक अमरराज पुनलाई पाँचौँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२६ प्रदान गरिएको छ । उहाँले लोक तथा दोहोरी गित तर्फ गीतकारको अवार्ड जित्नुभएको हो । आइतबार काठमाडौँमा आयोजित अवार्ड वितरण कार्यक्रममा पुनले दसैँ तिहारको गीतबाट उक्त अवार्ड प्राप्त गर्नुभयो ।
मनोनयनमा परेको आफ्नो गीतले भोट र निर्णायकको निर्णयबाट अवार्ड जितेको पुनले जानकारी दिनुभयो । यसमा अन्य २ जना पनि मनोनयनमा परेका थिए । तर उहाँले अन्यलाई पराजित गर्दै अवार्ड प्राप्त गर्नुभएको हो ।
अवार्ड प्राप्त गरेपछि पुनले खुसी व्यक्त गर्नुभयो । आफ्नो सिर्जनाले अवार्ड जितेपछि थप राम्रो गर्ने हौसला मिलेको उहाँको भनाई छ । पुन लामो समय देखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । साथै उहाँले विभिन्न गीतहरूको सिर्जना समेत गरिसक्नुभएको छ ।





