सागर राेकायकाे ‘साइकुमारी डिग्रे’ सार्वजनिक (भिडियो सहित)
गायक वसन्त थापा र गायिका मेलिना राईको स्वरमा नयाँ गीत ‘साइकुमारी डिग्रे, बिग्रे म त बिग्रे’ सार्वजनिक भएको छ । मौलिक लय र आकर्षक प्रस्तुतिसहित तयार पारिएको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा सागर रोकायको शब्द तथा वसन्त थापाको सङ्गीत रहेको छ । गीतको भिडियोमा प्रभात पाल ठकुरी र करिश्मा केसीले अभिनय गरेका छन् । विशाल घिमिरेको कथा तथा निर्देशन रहेको छ ।
सागर रोकाय अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३ १९:३०
प्रतिक्रिया दिनुहोस्





