जनता मावि पोखराले पूर्व विद्यार्थीहरू सँग भेला तथा चियापान कार्यक्रम गर्ने
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ पोखरामा रहेको जनता माविले विद्यार्थीसँग भेला तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । विद्यालय स्थापना देखि हालसम्मका पूर्व विद्यार्थीहरू सँग भेला तथा चियापान कार्यक्रमको आयोजना गरिएको विद्यालयले जानकारी दिएको छ ।
पूर्व विद्यार्थीसँग भेला तथा चियापान कार्यक्रम आगामी कात्तिक २१ गते आयोजना गरिएको छ । विद्यालयमै उक्त कार्यक्रम गर्न लागिएको हो ।
विद्यालय प्रति सकारात्मक सोच भावनाको विकास होस् भन्ने उद्देश्यले पूर्व विद्यार्थीहरू सँग भेला तथा चियापान कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक कलु खड्काले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३ १५:४६
प्रतिक्रिया दिनुहोस्


-1759664698.jpeg)


