Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटको खरखरेमा सुख्खा पहिरो खस्दा मध्यपहाडि लोकमार्ग अवरुद्ध 

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ३ खरखरेमा सुख्खा पहिरो खस्दा मध्यपहाडि लोकमार्ग अवरुद्ध भएको छ । मुसीकोट ५ को शेरिगाउँ देखि सानीभेरी गाउँपालिका ९ को हाँसिवाङ खण्ड अन्तरगत पर्ने त्यसठाउँमा सडक कालोपत्रेको काम चलिरहेको छ । त्यसक्रममा सुख्खा पहिरो झर्दा लोकमार्ग अवरुद्ध हुन पुगेको हो । 

कमजोर भुगोलका कारण खरखरेमा बारम्बार सुख्खा पहिरो खस्दा लोकमार्ग अवरुद्ध हुने गरेको छ । पटक पटक निर्माणमा खटिएका डोजर लगातयका मेशेनरी सामग्रिहरु समेत पुरिने गरेका छन् । सवारी साधनले जोखिम मोलेर आवत जावत गरिरहेका छन् भने जोखिम मोलेर निर्माणको काम चलिरहेको छ । 

त्यस्तै उक्त ठाउँबाट आवत जावत गर्ने नागरिकहरु पनि जोखिम मोल्न बाध्य छन् । यसअघि खरखरेको बाटो अवरुद्ध हुँदा पनि धैरेनी चौर हुँदै सवारी साधनहरु पास हुने गरेपनि हाल भने धैरेनीचौरको बाटोपनि अवरुद्ध रहेका कारण पुर्ण रुपमा सवारी आवागमण रोकिएको छ । 

सवारी आवागमणलाई सुचारु गर्ने प्रयास भइरहेको मध्यपहाडि लोकमार्गको शेरिगाउँ–हाँसिवाङ खण्ड कालोपत्रेको काम गरिरहेको यती विल्डर्सका प्रमुख भिमराज केसीले जानकारी दिनुभयो । धैरेनीचौरको बाटोलाई मर्मत गरेर रोकिएको सवारी आवागमणलाई सुचारु गर्ने प्रयास भइरहेको उहाँको भनाई छ । उहाँका अनुसार आजै दिउँशोसम्ममा धैरेनीचौरको बाटो सुचारु हुने छ । 
 

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update