Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा पहिलो पटक महिला फुटबलको छनोट सुरु 

रुकुम पश्चिममा पहिलो पटक महिला फुटबलको छनोट सुरु भएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लामा पहिलो पटक महिला फुटबलको छनोट सुरु भएको हो । जिल्ला फुटबल संघ तदर्थ समितिले जानकारी दिएको छ । 

मुसिकोट नगरपालिका वडा नम्बर १३ को छिवाङ खेल मैदानमा छनोट सुरु भएको संघका अध्यक्ष ध्रुब केसीले जानकारी दिनुभयो । महिला फुटबल विकासका लागि यो नयाँ अध्याय रहेको उहाँले बताउनुभयो । यसले जिल्लामा महिला फुटबलको विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याउने संघले विश्वास लिएको छ । 

छनोटबाट पहिलो पटक जिल्लाको महिला फुटबल टिम तयार पारिने छ । जिल्लाको महिला फुटबल टिमले पहिलो पटक प्रदेश स्तरीय छनोटमा सहभागिता जनाउन संघले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update