राष्ट्रिय भूमी आयोग जिल्ला समिति रुकुम पश्चिमका अध्यक्षले पदभार ग्रहण गर्नुभएको छ । अध्यक्ष मिनबहादुर ओलीले विहीबार जिल्ला समन्वय समितिमा राखिएको कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्मा, उपप्रमुख इन्दिरा बुढा, त्रिवेणी गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्ती मगर, उपाध्यक्ष निर्मला विष्ट, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वसन्तकुमार शर्मा, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश खड्का, मुसीकोट नगर उपाध्यक्ष दलबहादुर खडकाले अध्यक्ष ओलीलाई बधाई दिएका थिए ।
यसैगरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेस शर्मा, निमित्त जिल्ला समन्वय अधिकारी लालसिङ खड्का, जिल्ला खेकुलद विकास समितिका प्रमुख छविलाल केसी, कार्यालय सचिव लिलाप्रसाद ढकाल, भूमी आयोग जिल्ला समिति रुकुम पश्चिमका सदस्य सचिव तथा नापी कार्यालय प्रमुख सञ्जय मानन्धर, वाइसीएल मुसीकोट नगर इन्चार्ज डम्मर थापा लगायतको पनि पदभार ग्रहण कार्यक्रममा सहभागिता रहेको थियो ।
आयोगको उद्देश्य अनुसार काम गर्न र जिल्लाका भूमीहिन, सुकुम्बासीलाई भूमी उपलब्ध गराउनका लागि सक्दो पहल गर्न अध्यक्ष ओलीलाई सहभागि सबैले आग्रह गरेका छन् । संघीय मन्त्री परिषद्को २०७८ चैत्र १७ गतेको निर्णयानुसार ओली अध्यक्षमा मनोनित हुनु भएको हो । थप सदस्य भने मनोनित भइसकेका छैनन् । आयोगको जिल्ला समितिले अब भूमी सम्बन्धिका समस्या समाधानका लागि गर्न सकिने कामका बारेमा योजना बनाएर अघि बढ्ने अध्यक्ष ओलीले बताउनुभयो ।


                                                
                                                
                                                
                                                
                    


-1759842583.jpg)