Top Navigation
शनिबार, माघ २१, २०७९ ११:४४:३९
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:४४:३९
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
विचार/व्लक
  • Home
  • विचार/व्लक
  • चौरजहारी नगरपालिकाको प्रशासनिक भवन परिसरमा उभिदा
चौरजहारी नगरपालिकाको प्रशासनिक भवन परिसरमा उभिदा
एस.पी. ढकाल
एस.पी. ढकाल मंगलबार, वैशाख ६, २०७९
माया बेकरी माया बेकरी

चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय रुकुम पश्चिमको परिसर अगाडि उभिदा मन स्मृतिमा हराएको छ । विगतमा फर्केको छ । पूर्व आकृतिहरू एकपटक जीवन्त बनेका छन् । एक तले भाडाको सानो घर । अटेस मटेस भएर शाखा र  फाँटको व्यवस्थापन । साँधुरो कोठाभित्र पस्न अनि सेवा लिन र दिन गाह्रो  । ती दिनहरू ताजा बनेका छन्  ।  स्थानीय सरकारको अव्यवस्थित कार्यालय, महङ्गो भाडा । घरवास विहीनका सयौंका घर बनाउने स्थानीय सरकार आफैं घरवास विहीन भएको अवस्था । टहरो बनाएर सभा सञ्चालन भएको विगत स्मरण भएको छ ।

कार्यालय सार्वजनिक सेवा प्रवाहको मुटु हो । त्यसैगरी  सेवा प्रवाहको सक्षमता र स्तरीयता आँकलनको पहिलो आधार पनि । कार्यालयको स्थायीत्वले सेवा प्रवाहमा गुणस्तरीयता ल्याउँछ । पोसाकले व्यकित्व झल्काए जस्तै कार्यालयको उचित व्यवस्थापनले सेवा प्रवाहको स्तरीयता । 

व्यक्तिका ठूला-ठूला महल बनेका छन् ।  तर राज्यका प्रशासनिक निकायका भौतिक संरचनाहरूको अवस्था भने कमजोर रहेको पाइन्छ । व्यक्ति धनी बन्ने तर राज्य गरिब बन्नुपर्ने अवस्था राम्रो होइन । राज्य धनी भयो भने नागरिक स्वतस् धनी हुन्छन् । यस्तो अवस्थाले राज्यलाई कमजोर बनाइ परनिर्भता बढाउँछ । सेवा प्रवाह कमजोर बन्छ । राज्य र सरकारप्रतिको विश्वासमा गिरावट  र राष्ट्रियता समेत कमजोर भएको प्रतीत हुन्छ ।

कतिपय स्थानीय तहमा  केन्द्र विवाद । कतिपयको जग्गा प्राप्तिमा समस्या ।  कतिपयका लागि बजेट अभाव । जसले गर्दा धेरैलाई कार्यालय भवन निर्माणको मेलोमेसो आएन । ताक्कतुक्क गर्दागर्दै स्थानीय तहको पहिलो सरकारका पाँच वर्ष  पूरा भएका छन् । कार्यालय भवनको स्थायी संरचना बनाउन सक्नेको भए गर्वको विषय हुन्थ्यो । जनप्रतिनिधिले आफै बस्ने ठाउँ बनाउन सकेनन् भन्ने टिप्पणी गर्ने ठाउँ हुने थिएन ।

विभिन्न बहानामा ठेक्काको म्याद थप्ने र वर्षौसम्म निर्माण कार्य सम्पन्न नभएका दृष्टान्तहरू भेटन सकिन्छ । कतिपय भौतिक संरचना निर्माण कार्य सम्पन्न नभएर भग्नावशेषमा समेत परिणत भएको अवस्था छ । चौरजहारी नगरपालिकाको प्रशासनिक भवन निर्माणमा भने अवस्था फरक रह्यो । जहाँ इच्छा त्यहाँ उपाय । दिन काम कि मन काम जस्ता उखानको चरितार्थ भयो । निर्माण कार्य थालेको ठीक एक वर्षमा भवन निर्माण कार्यले पूर्णता पाएको छ । निर्माण कार्य थालेको एक वर्षमै ४२ कोठाको भवन निर्माण गर्नु मामुली काम होइन । चौरजहारी नगरपालिका नगर प्रमुख विशाल शर्मा,  उपप्रमुख  राधा रोका, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामबहादुर के।सी। र हाल गोकुल ढुङ्गेल,  कार्यपालिका  सदस्य सहित सबै जनप्रतिनिधि, कर्मचारी यो कार्यका लागि धन्यवादको पात्र बन्नु भएको छ ।

चौरजहारी नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनमा चार वटा तला  छन् । भुइ तला, पहिलो,  दोस्रो,  तेस्रो र चौथो तला ।  सेवाग्राहीको चाप तथा जनसम्बन्ध र शाखागत अन्तरसम्बन्धलाई समेत ख्याल गरी शाखा र उपशाखा तोकिएको छ । भुइतलामा दर्ता रचलानी र सोधपुछ र सहायता कक्ष  छ । पशुसेवा, कृषि सेवा, कृषि र पशुसेवा औषधी भण्डारण, वातावरण तथा विपद व्यवस्थापन, आर्थिक विकास शाखा पनि भुइतलामै  रहेका छन् । त्यसैगरी  आर्थिक विकास शाखा,  प्रशासन र राजश्व उपशाखा र महिला बालबालिका तथा समाजकल्याण उपशाखा पनि रहेका सोही तलामा छन् । पहिलो तलामा पूर्वाधार विकास शाखा, प्रशासन, योजना तथा अनुगमन शाखा छन् । त्यसैगरी आर्थिक प्रशासन र स्वास्थ्य तथा सामाजिक विकास शाखा पनि । 

दोस्रो तलामा नगर प्रमुख, नगर उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष छ ।  त्यसैगरी नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सचिवालय पनि रहेको छ । सूचना, प्रविधि तथा अभिलेख व्यवस्थापन केन्द्र र कानुन इकाइबाट प्रवाह हुने सेवा पनि दोस्रो तलाबाट हुनेछ ।  शिक्षा, युवा तथा खेलकुद शाखा र  रोजगार सेवा केन्द्र,  तेस्रो तलामा छन् । त्यसैगरी सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाइ, सार्वजनिक खरिद तथा सम्पत्ति व्यवस्थापन इकाइ, जिन्सी भण्डारण, स्वास्थ्य औषधी भण्डारण पनि । बैठक कक्ष, न्यायीक समितिको इजलास चौथो तलामा छ । यसका अतिरिक्त  मनोसामाजिक परामर्श केन्द्र र नगर विकास समिति चौथो तलामा नै छन् । 

चौरजहारी नगरपालिकाको स्थानीय सरकार नागरिकसँग गरेका प्रतिवद्धता कार्यान्वयनमा सफलताको नजिक पुगेको छ ।     नगरपालिका क्षेत्रभित्र ३१० किलोमिटर  सडक विस्तार, एक घर एक धाराको अभियान सञ्चालन गरी ८०५  घरपरिवारमा खानेपानीको उपलब्धता गराउन नगरपालिका सफल भएको छ । टिनका छानामुक्त विद्यालय अभियान अन्तर्गत ५५ वटा विद्यालय भवन निर्माण भएका छन् । त्यसैगरी कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि स्टेशनरी र पोसाक,  नगर शिक्षक व्यवस्थापनले शिक्षा क्षेत्रको विकासले उचाइ लिएको छ । त्यसैगरी १४ वडा वडामध्ये ९ वटा वडामा पूर्ण विद्युतीकरण, सहुलियत र सहज यातायातका लागि नगर वस र एम्बुलेन्स सेवा, डिप्लोमा तहको वन र कम्प्युटर इन्जिनियरिङतर्फको बहुप्राविधिक शिक्षालय स्थापना भएको छ । सुरक्षित आवास, बीउँ प्रशोधन, दाना र कापी उद्योग, टिस्यूकल्चर स्थापनाका अतिरिक्त चौरजहारी नगरपालिकाको प्रशासनिक भवन निर्माणको तथ्यले नगरपालिकालाई समृद्धि र आत्मनिर्भरताको मार्गमा दौडाएको छ ।  

मुसिकाेट नगरपालिका

प्रशासनिक भवन निर्माणको कार्यले नगरपालिकाको लक्ष्य र उद्देश्य प्राप्त गर्न सहयोग पुग्ने छ । कार्यसम्पादन शान्त र सहज वातावरणमा हुनेछ । सुशासन, मितव्यीता, पारदर्शिता र सहज सेवा प्रवाहका पक्षसँग यसको सम्बन्ध रहेको छ । कार्यालयको सेवा प्रभावकारिता अभिवृद्धि हुनेछ । त्यसैगरी सेवा प्रवाहमा नवीनतम प्रविधिको उपयोग पनि ।सेवाग्राही अलमलमा पर्नुपर्ने अवस्था अन्त्य भएको छ । 

प्रशासनिक भवन निर्माणको कार्यले स्थानीय सरकार र सेवाग्राहीसँगको सम्बन्ध सुमधुर  हुनेछ ।   समन्वय र नियन्त्रण गर्न सहज हुनेछ  । कर्मचारीहरूमा सहज कार्य वातावरण बनेको छ । यसले कार्यसम्पादनमा सिर्जनशीलता बढाउने छ । कार्यसम्पादनमा गति पैदा हुनेछ ।  बिरालोले बच्चा सारे जस्तै गरी ठाउँ ठाउँ कार्यालय सार्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ । अभिलेख हराउने, च्यातिने समस्या टरेको छ । कर्मचारी र सेवाग्राही भूकम्प लगायतका प्रकोपको जोखिमबाट समेत बच्ने सुरक्षित कार्यस्थल बनेको छ । 

नेतृत्व लिनु भनेको जोखिम मोल्नु पनि हो । योजना  सही र  नेतृत्वको इच्छा शक्ति हुनुपर्छ । त्यसबाट असम्भव जस्तै लाग्ने कार्य पनि सम्भवमा परिणत भन्ने यो एक दृष्टान्त हो । व्यक्ति फेरिएलान यो संरचना फेरिने छैन । कार्यालय भवनभित्र पस्दै जाँदा प्रमुख नेतृत्त्वको आकृति मानसपटलमा आउने छ ।  सबैंका लागि सधैं स्मरणीय बन्ने छ । विकासप्रतिको इच्छा शक्ति र गतिशीलताको प्रशंसा चल्ने छ ।  
 


प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १३:३७
चाैरजहारी चाैरजहारी
#विचार/व्लक
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्