Top Navigation
शनिबार, असार १८, २०७९ ०२:३८:३०
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, असार १८, २०७९ ०२:३८:३०
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
musikot musikot
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #विचार
  • #व्लग
  • #लक्ष्मण घर्ति मगर
  • #सुत्केरी भत्ता
  • #वडाध्यक्षकाे व्यक्तिगत लगानी
  • #पारिश्रमिक माग
  • #पत्रकार आन्दोलित
Search Here
स्थानीय तह निर्वाचन २०७९
  • Home
  • स्थानीय तह निर्वाचन २०७९
  • रूकुम पश्चिममा एक्लै जिल्ला समन्वय समिति बनाउँदै माओवादी
रूकुम पश्चिममा एक्लै जिल्ला समन्वय समिति बनाउँदै माओवादी
कखरा संवाददाता
कखरा संवाददाता शुक्रबार, जेठ १३, २०७९

रुकुम पश्चिममा माओवादी केन्द्र एक्लैले जिल्ला समन्वय समिति बनाउँदै छ । जिल्ला समन्वय समितिको निर्वाचनमा पालिका प्रमुख, अध्यक्ष, उप प्रमुख र उपाध्यक्षले मतदान गर्न पाउँछन् । भने एक जना मतदाता बराबर २० मतभार हुन्छ । जिल्लाभरमा १२ जना मतदाता रहेकामा ९ जना नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका छन् । जिल्लामा तीन नगरपालिका र तीन गाउँपालिका मध्ये ४ पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारले जीत हाँसिल गरेका छन् । 

चौरजहारी नगरपालिकाको प्रमुखमा पुष्प वादी, उपप्रमुखमा इश्वरीकुमारी शर्मा विएम, आठबीसकोट नगरपालिकाको प्रमुखमा रवि केसी, उपप्रमुखमा धनकुमारी शाही, सानीभेरी गाउँपालिका अध्यक्षमा विर्खबहादुर विष्ट, उपाध्यक्षमा कमला रोका पुन तथा त्रिवेणी गाउँपालिकाको अध्यक्षमा गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउले निर्वाचित भएकी छन् । एउटा पालिकामा भने माओवादीले उपाध्यक्ष जितेको छ । बाँििफकोट गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी हुँदा उपाध्यक्षमा माओवादी केन्द्रका तर्फबाट तारा बुढा केसी निर्वाचित भएकी हुन् । 

जिल्ला समन्वय समितिको निर्वाचनका लागि नेपाली कांग्रेसका २ जना मात्र प्रतिनिधि छन् । मुसीकोट नगरपालिकाको प्रमुख र बाँफिकोट गाउँपालिकाको अध्यक्षमा कांग्रेसले जितेको छ । मुसीकोटको प्रमुखमा महेन्द्र केसी र बाँफिकोटको अध्यक्षमा जनककुमार बाँठा निर्वाचित भएका हुन् । जिल्ला समन्वय समितिको निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीबाट पनि मतदाता छन् । एकीकृत समाजवादीका तर्फबाट मुसीकोट नगरपालिकाको उपप्रमुखमा विमलकुमार पुन निर्वाचित भएका छन् । जिल्लामा जिसस निर्वाचनको मिति तोकिएको छैन् । कार्यपालिका निर्वाचन सकिएपछि जिससको निर्वाचन मिति तोकिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

वहमुत भएका कारण जिससको नेतृत्व माओवादीले नै गर्ने निश्चित छ । प्रमुख, उपप्रमुख र सबै सदस्यमा माओवादीबाटै निर्वाचित हुने निश्चित छ । माओवादीले यसअघि नै प्रमुख पद महिलालाई दिने निर्णय नै गरेको छ । तर नेकपा माओवादी केन्द्र भने कसलाई प्रमुख, उपप्रमुख वा सदस्य बनाउने भन्ने विषयमा कुनै छलफल नभएको बताउँछ । जिल्ला संयोजक गोविन्द रोका सचिनले जिससका सम्बन्धनमा पार्टीमा ठोस छलफल र कुनै निर्णय नभएको बताउनुभयो ।

निर्वाचनको मिति तोकियो भने यसबारेमा औपचारिक छलफल सुरु हुने उहाँले बताउनुभयो । कांग्रेसले भने पार्टी अल्पमतमा रहेकोले यसबारेमा केही नसोचिएको बताएको छ । तर सहमति गरेर जाने सन्दर्भमा भने छलफलका लागि तयार रहेको पार्टी सभापति प्रेमप्रकाश ओलीले बताउनुभयो । जिसस ९ सदस्यीय रहने व्यवस्था छ ।     
 


प्रकाशित मिति: शुक्रबार, जेठ १३, २०७९  १८:०५
स्वास्थ्य सेवा कार्यालय स्वास्थ्य सेवा कार्यालय
भन्सार विभाग भन्सार विभाग
#जिसस #निर्वाचन
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय तह निर्वाचन २०७९
जिसस रूकुम पश्चिमकाे प्रमुखमा गाैतम र उपप्रमुखमा कामी विजयी
जिसस रूकुम पश्चिमकाे प्रमुखमा गाैतम र उपप्रमुखमा कामी विजयी मंगलबार, जेठ ३१, २०७९
लुम्बिनी गौतमको राजनीतिक यात्राः पहिलो महिला सेक्रेटरीदेखि पहिलो समन्वय प्रमुखसम्म 
लुम्बिनी गौतमको राजनीतिक यात्राः पहिलो महिला सेक्रेटरीदेखि पहिलो समन्वय प्रमुखसम्म  मंगलबार, जेठ ३१, २०७९
जिसस रुकुम पश्चिमको निर्वाचनः माओवादी केन्द्रबाट मात्र उम्मेदवारी दर्ता 
जिसस रुकुम पश्चिमको निर्वाचनः माओवादी केन्द्रबाट मात्र उम्मेदवारी दर्ता  बिहीबार, जेठ २६, २०७९
माओवादीले लुम्बिनी गौतमलाई बनायो जिसस रुकुम पश्चिमको प्रमुखको उम्मेदवार 
माओवादीले लुम्बिनी गौतमलाई बनायो जिसस रुकुम पश्चिमको प्रमुखको उम्मेदवार  बिहीबार, जेठ २६, २०७९
जिसस रुकुम पूर्वका प्रमुख र उपप्रमुद्धारा पदभार ग्रहण 
जिसस रुकुम पूर्वका प्रमुख र उपप्रमुद्धारा पदभार ग्रहण  बुधबार, जेठ २५, २०७९
पुथाउत्तरगंगा गाउँपालिका १ का अध्यक्षद्धारा सपथ ग्रहण
पुथाउत्तरगंगा गाउँपालिका १ का अध्यक्षद्धारा सपथ ग्रहण मंगलबार, जेठ २४, २०७९
जिसस रुकुम पूर्वको प्रमुखमा 'महेश'
जिसस रुकुम पूर्वको प्रमुखमा 'महेश' मंगलबार, जेठ २४, २०७९
जिसस रुकुम पश्चिमको निर्वाचन जेठ ३१ गते
जिसस रुकुम पश्चिमको निर्वाचन जेठ ३१ गते आइतबार, जेठ २२, २०७९
जिसस रुकुम पूर्वको प्रमुखमा श्रेष्ठ र उपप्रमुखमा केसी निर्विरोध, घाेषणा भने २४ गते हुने
जिसस रुकुम पूर्वको प्रमुखमा श्रेष्ठ र उपप्रमुखमा केसी निर्विरोध, घाेषणा भने २४ गते हुने शनिबार, जेठ २१, २०७९
लोकप्रिय
  • Week
  • Month
जब पाकिस्तानीले मलाई मन पराउँछु भने !
जब पाकिस्तानीले मलाई मन पराउँछु भने !
पहिलो घोषणा कार्यान्वयन गर्दै वडाध्यक्ष, घरमै पुगेर सुत्केरीलाई व्यक्तिगत खर्चबाट भत्ता बाँड्दै 
पहिलो घोषणा कार्यान्वयन गर्दै वडाध्यक्ष, घरमै पुगेर सुत्केरीलाई व्यक्तिगत खर्चबाट भत्ता बाँड्दै 
पारिश्रमिक माग गर्दै आज रेडियोमा धर्ना दिईदै 
पारिश्रमिक माग गर्दै आज रेडियोमा धर्ना दिईदै 
स्यार्पूका घर घरै होम स्टे 
स्यार्पूका घर घरै होम स्टे 
कर्म फ्लाइट्सद्धारा विद्यालयलाई पुस्तकालय, विद्यार्थीलाई छात्रवृत्ति
कर्म फ्लाइट्सद्धारा विद्यालयलाई पुस्तकालय, विद्यार्थीलाई छात्रवृत्ति
स्यार्पूका घर घरै होम स्टे 
स्यार्पूका घर घरै होम स्टे 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    • स्थानीय तहकाे बजेट २०७८
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2022 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्