Top Navigation
बुधबार, साउन २५, २०७९ ०५:०६:१४
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
बुधबार, साउन २५, २०७९ ०५:०६:१४
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • स्थानीय तहको नीति, कार्यक्रम र बजेट २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #मृत्यु
  • #अरिंगालकाे टाेकाइ
  • #वडा विशेष
  • #बाँफिकाेट २
  • #प्रकाश खत्री
  • #नि:शुल्क दुध
  • #सम्बन्ध विच्छेद
Search Here
विचार/व्लक
  • Home
  • विचार/व्लक
  • एउटा कम्रेड शालिकमा ठडिँदा अर्को कम्रेड सडकमा ढले !
एउटा कम्रेड शालिकमा ठडिँदा अर्को कम्रेड सडकमा ढले !
लक्ष्मण घर्ती मगर
लक्ष्मण घर्ती मगर आइतबार, असार १९, २०७९

हिजो देखी दुईवटा दृश्यले मलाई निकै सोँच मग्न र भावुक बनाएको छ । संयोग ति दुवै घटना एकै बेला भएको छ । एउटा कालिकोट घर भएका तत्कालिन जनमुक्ति सेनाका सेक्सन कमान्डर नमराज न्यौपाने ‘क. सेवक’ को उपचार नपाएर काठमाडौंको सडक पेटीमा शालिक झैँ ठडिएरै ज्यान गुमाएको दृश्य । अर्को त्यै जनयुद्धको सुप्रिम कमाण्डर कम्रेड प्रचण्डको स्वर्गीय पुत्र प्रकाश दाहाल (क.साकार) को साँच्चैको शालिक समुद्घाटनको दृश्य ।

म व्यक्तिगत रुपमा माओबादी पार्टी र त्यसको नेतृत्व प्रचण्डको स्वस्फुर्त रुपमा बनेको समर्थक हुँ । स्वस्फुर्त यसकारण की मलाई कुनै माओबादी कार्यकर्ता र नेताले कर लगाएर अनुरोध गरेर वा मै आफु केही पाउँने स्वार्थले समर्थक बनेको हैन । तर समर्थक बन्दैमा सबै सकियो बिरोध भन्ने हुँदै हुन्न भन्ने अर्थ हुँदैन । कयौँ पटक मैले माओबादी पार्टी र प्रचण्डका कदमहरुमा बिरोधका शब्द खर्चेको छु । किन की एउटा चेत भएको समर्थकबाट समर्थन र आलोचना दुबै हुनु पर्छ । र यो स्वभाविक हो ।

हिजो एकातिर कम्रेड नमराज न्यौपानेले घाईते जिन्दगी सँग हारेर सडक पेटीमा वेवारिसे ढंगले मृत्युवरण गरेको भावुक पार्थिव शरीर रोडमा ढलेको थियो भने अर्कोतिर नमराजसँग एउटै विचार र लक्ष्य बोकेर हिडेका एक सहयोद्धा कम्रेड प्रकाश दाहालको भयंकर शालिक ठडिएको थियो । एउटा कम्रेडको लाखौँ धन खर्चेर निर्माण गरीएको शालिक उद्घाटन भईरहँदा यता यो देशको लागी र यो परिवर्तनको लागी आधा जिन्दगी र शरीर युद्धमा गुमाएका एउटा कम्रेड उपचार नपाई सडकमा संसार छोडिरहेको थियो । शालिकमा ठडिएको कम्रेडलाई सडकको पेटीमा ढलेको अर्को कम्रेडको लासले गिज्याईरहेको आभास भएको थियो मलाई ।

भन्न त भनिएला प्रकाशको शालिक र नमराजको लास सँग कुनै सम्बन्ध छैन । शालिक न पार्टीले बनाएको हो न त सरकारले नै बनाएको हो । यो त स्वर्गीय प्रकाश दाहालले पर्वतारोहण क्षेत्रमा दिएको योगदानको कदर गरेर नेपाल पर्वतारोहण संघले स्वस्फुर्त बनाएको शालिक हो । तर यो तर्क सँग म सहमत छैन । क. प्रकाशले एकचोटी सगरमाथा चड्दैमा पर्वतारोहण क्षेत्रमा त्यस्तो के चैँ कायापलटको योगदान भयो र यत्रो तामझामका साथ शालिकै ठड्याउँनु पर्ने आवश्यक बन्यो ?

न त प्रकाश कम्रेड आरोहणकै क्रममा मृत्यवरण गरेका पात्र हुन् त्यो पनि हैनन् । न त पर्वतारोहण संघले एकचोटी सगरमाथा चढेका जति सबै आरोहीहरुको शालिक ठड्याउँन सक्छ ? त्यो पनि सक्दैन, सकेको छैन । भने पछि संघले राजनीतिक नेतृत्वको स्यावासी पाउँन चैत्य तथा चम्चागिरी नियतकै कारण प्रकाशको शालिक ठड्याएको हो भनेर हामीले किन नभन्ने ? मैले हजार कोणबाट सोँच्दा पनि कम्रेड प्रकाशको शालिक बन्नुमा न्यायिक मानेको छैन । राजनीतिक हैसियत र योगदानको तुलनाबाट हेर्दा पनि कम्रेड प्रकाश सरहका सयौँ कम्रेडहरुको मृत्यु भईसकेको छ उहाँहरुको सबैको शालिक बन्न सक्दैन । भने आरोहण क्षेत्रबाट हेर्दा पनि कम्रेड प्रकाश जस्तै एकचोटी सगरमाथा चढ्नेहरु कयौँ छन । ति सबैको शालिक किन बन्दैन ? के शालिक बन्न नेताकै सन्तान हुनुपर्ने ? एउटा मृतक कम्रेडको निर्जिव शालिक बन्ने रकमलाई अर्को उपचार अभावमा छटपटीरहेको ज्युँदो घाईते कम्रेडको औषधीमा खर्च गर्न सकिँदैनथ्यो ? शालिक लुकेर बनाई अचानक उद्घाटनमा बोलाएको त पक्कै हैन होला ? त्यसो हुँदा जनतामा, कार्यकर्ता तथा समर्थकमा कस्तो उत्साह र जोस जाँगर अनि गर्वको मुल फुट्ने थियो !

देशको प्रधानमन्त्री बनाउँने कारखानाको साँचो बोकेका प्रचण्डले यस्ता सवालहरुमा गहिरो सँग बुझ्नुपर्थ्यो ! म बुझ्छु एउटा बुबाले सन्तान गुमाउँनुको पिडा भिमकाय हुन्छ । मन रथाउँन अनेक वहानाहरु चाहिन्छन् । जसरी हामीले मृतात्माहरुको नाममा चौतारी, चिनो बिसौँनाहरु तयार पारेर मन बुझाउँछौँ ! तर प्रचण्ड केवल प्रकाशको मात्रै अभिभावक हैनन । उनि दशौँ हजार शहिदहरुको पनि अभिभाक हुन् । हज्जारौँ घाईते अपाङ्ग र वेपत्ताहरुको पनि अभिभावक हुन । भने यो गणतन्त्रात्मक व्यवस्थाको पनि उनि अभिभावक हुन । ति शहिदका सपनाको पोको र घाईते योद्धाहरुको उचित व्यवस्थापन र उपचारको भारी अनि यो व्यवस्थालाई थप सुदृढ गरेर अगाडी ठेल्ने एउटा अजंग जिम्मेवार उनको टाउकोमा छ । यसकारण पनि प्रचण्डलाई वहकिन र गल्ति गर्न छुट छैन ।

तर बिडम्बना आज दुईदिन भईसक्दा पनि ति मृतक कम्रेड नमराजको बारे माओबादी केन्द्रको कुनै धारणा आएन । जारी केन्द्रिय समिति बैठकमा पनि कसैको मुखबाट एक शब्द निस्केन । प्रकाश दाहालको शालिक उद्घाटनको झिलिमिलि तस्बिर पोष्ट्याउँने प्रचण्डको आधिकारिक फेसबुक पेजले नमराजको नाममा दुईशब्द खर्चेन । यसरी जनयुद्धमा निस्वार्थ छाति थापेर तिम्रा यो हैसियत स्थापना गरीदिने ति महान पात्रहरुलाई ज्युँदो छँदा त हेरेनौ हेरनौ, मरेर आनन्द बनाई जाँदाको दिन पनि हेरेनौ । हैन तपाईहरुलाई यति विधि निष्ठुरी, निर्दयी अनि स्वार्थी बन्न मार्क्सवादको कुन सिद्धान्तले सिकायो कम्रेड ?
 


प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १९:४२
Bijayswori Bijayswori
स्वास्थ्य सेवा कार्यालय स्वास्थ्य सेवा कार्यालय
#विचार/व्लक #लक्ष्मण घर्ती
प्रतिक्रिया दिनुहोस्
थप विचार/व्लक
समिक्षाः सिसी क्यामेरा फुटेज
समिक्षाः सिसी क्यामेरा फुटेज सोमबार, साउन १६, २०७९
वरु हार स्वीकार हुन्छ, तर विचार, मान्यता र न्यूनतम राजनीतिक अभ्यास पालना गराउनै पर्छ
वरु हार स्वीकार हुन्छ, तर विचार, मान्यता र न्यूनतम राजनीतिक अभ्यास पालना गराउनै पर्छ मंगलबार, साउन ३, २०७९
जनप्रिय बजेटले ल्याएको भुकम्प
जनप्रिय बजेटले ल्याएको भुकम्प बुधबार, असार २२, २०७९
गरिबी अन्त्य र रोजगारी सृष्टि गर्ने कुरा देखिनसहनेले बजेटको बिरोध गरे
गरिबी अन्त्य र रोजगारी सृष्टि गर्ने कुरा देखिनसहनेले बजेटको बिरोध गरे बुधबार, असार २२, २०७९
जब पाकिस्तानीले मलाई मन पराउँछु भने !
जब पाकिस्तानीले मलाई मन पराउँछु भने ! आइतबार, असार १२, २०७९
कुप्रचारवाट न रुकुम झुक्छ, न रुकुमको नेतृत्व झुक्छ
कुप्रचारवाट न रुकुम झुक्छ, न रुकुमको नेतृत्व झुक्छ बिहीबार, असार २, २०७९
मुसीकोट नगरपालिकाले यस्तो बजेट बनाउन जरूरी छ
मुसीकोट नगरपालिकाले यस्तो बजेट बनाउन जरूरी छ शनिबार, जेठ २८, २०७९
यार्सागुम्बामा लुकेको यथार्थ र यसको विविधता !
यार्सागुम्बामा लुकेको यथार्थ र यसको विविधता ! शुक्रबार, जेठ २७, २०७९
कतै हामी घमण्डले फुल्छौं कि ? यो एउटा चेतावनी हो  !
कतै हामी घमण्डले फुल्छौं कि ? यो एउटा चेतावनी हो  ! बिहीबार, जेठ २६, २०७९
लोकप्रिय
  • Week
  • Month
अरिंगालको टोकाईबाट सुनारकाे मृत्यु 
अरिंगालको टोकाईबाट सुनारकाे मृत्यु 
सानीभेरीका एक युवा मुम्बईमा मृत भेटिए
सानीभेरीका एक युवा मुम्बईमा मृत भेटिए
कार्यपालिकाका विश्वासी ‘कान्छा’ वडाध्यक्ष
कार्यपालिकाका विश्वासी ‘कान्छा’ वडाध्यक्ष
मुसीकोट ६ का बालबालिकालाई प्रत्येक दिन विद्यालयमै  नि:शुल्क दुध
मुसीकोट ६ का बालबालिकालाई प्रत्येक दिन विद्यालयमै नि:शुल्क दुध
रूकुम पश्चिममा विकराल बन्दै सम्बन्ध विच्छेद, १ वर्षमा झण्डै २ सय मुद्दा दर्ता  
रूकुम पश्चिममा विकराल बन्दै सम्बन्ध विच्छेद, १ वर्षमा झण्डै २ सय मुद्दा दर्ता  
रुकुम पूर्वमा लटरम्म स्याउ (फोटो फिचर) 
रुकुम पूर्वमा लटरम्म स्याउ (फोटो फिचर) 
स्थानीय तहकाे निर्वाचन पछि रुकुम पश्चिममा १३ सय २२ जना मतदाता थपिए 
स्थानीय तहकाे निर्वाचन पछि रुकुम पश्चिममा १३ सय २२ जना मतदाता थपिए 
पुथाउत्तरगंगा गाउँपालिकाले भर्ना गर्यो ४५ जना कर्मचारी र बाल शिक्षा सहयाेगी कार्यकर्ता
पुथाउत्तरगंगा गाउँपालिकाले भर्ना गर्यो ४५ जना कर्मचारी र बाल शिक्षा सहयाेगी कार्यकर्ता
रुकुम पश्चिममा कोभिड संक्रमण बढेपछि संक्रियता बढाईदै 
रुकुम पश्चिममा कोभिड संक्रमण बढेपछि संक्रियता बढाईदै 
भल पसेन, कमलदह भरिएन
भल पसेन, कमलदह भरिएन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    • स्थानीय तहकाे बजेट २०७८
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2022 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्