Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने गाउँपालिकाको बजेट पास
बजेट पेश गर्नुहुँदै गाउँपालिका उपाध्यक्ष गोपाल रेउले ।

रुकुम पूर्व सिस्ने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५७ करोड १२ लाख ४० हजार चार सय ६० रुपैयाँको बजेट पास गरेको छ । गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले असार ९ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम अन्तर्गत  उपाध्यक्ष गोपाल रेउलेले गत असार १० गते उक्त बजेट सार्वजनिक गर्नुभएको थियो । उपाध्यक्ष रेउलले प्रस्तुत गर्नुभएको बजेटमाथि जनप्रतिनिधि विच भएको लामो छलफल पछि मंगलबार बसेको ११ औ गाउँसभाबाट सर्वसहमतले बजेट पास गरेको हो ।

चालुतर्फ ३६ करोड ३६ लाख ७ हजार ८ सय ५७ रुपैयाँ र पूँजीगततर्फ २० करोड ४० लाख ३२ हजार ६ सय ३ रुपैयाँ बराबरको बजेट उपाध्यक्ष रेउलेले असार १० गते गाउँसभामा पेस गर्नुभएको थियो । जसमध्ये शिक्षामा २१ करोड ५६ लाख ८० हजार, स्वास्थ्यमा ४ करोड १५ लाख ६६ हजार, खानेपानी तथा सरसफाईमा ४ करोड ७४ लाख ७५ हजार बजेट विनियोजन गरिएको थियो ।

यस्तै पर्यटनमा ३ करोड १४ लाख, सूचना सञ्चारमा ५९ लाख ५० हजार, सडक तथा पुलमा ३ करोड २३ लाख ९२ हजार ६ सय ७ रुपैया, भवन निमार्णमा २ करोड २३ लाख र खेलकुद तथा मनोरञ्जनमा ९४ लाख बजेट विनियोजन गर्दा लैंगिक समानता तथा सामाजिक समावेशिकरणमा एक करोड १६ लाख ५ हजार, विपद व्यवस्थापनमा ५२ लाख रुपैयाँ र लघु उद्यममा ३४ लाख ४० हजार बजेट बिनियोजन गरिएको थियो ।

बाँकी बजेट विविध खर्चका लागि राखिएको थियो । उपाध्यक्ष रेउलेले प्रस्तुत गर्नुभएको उक्त बजेट माथि जनप्रतिनिधिहरु विच लामो समय छलफल र बहस चलेको थियो । लामो छलफल र वहस पछि रुकुमकोटमा बसेको ११ औ गाउँसभा अर्थात बर्खे अधिवेशनबाट चालु आर्थिक वर्षको बजेट पास गरिएको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो । बजेट कार्यान्वयनमा समस्या आउन नदिन जनप्रतिनिधि र विषयगत शाखाका प्रमुखहरु विच भएको लामो छलफल पछि सर्वहमतले बजेट पास गरेको उपाध्यक्ष रेउलले बताउनुभएको छ ।

प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update