Top Navigation
आइतबार, चैत १९, २०७९ ०१:००:५९
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, चैत १९, २०७९ ०१:००:५९
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #मुसिकाेट
  • #आराेप
  • #स्वेच्छाचारी
Search Here
विचार/व्लक
  • Home
  • विचार/व्लक
  • बागीले होइन, जनयुद्धको योद्धाले जितेको हो
बागीले होइन, जनयुद्धको योद्धाले जितेको हो
कखरा संवाददाता
कखरा संवाददाता बुधबार, मंसिर ७, २०७९

     पृथीछक बुढा

उ जिउँदो सहिद हो । परिवर्तनको लागि गोली खाएको मान्छे । फोक्सोमा गोली बोकेर हिंडिरहेको घाइते योद्धा हो । रुकुमको एनानमा जन्मिएको एउटा किसानको छोरो हो उ । एनान अर्थात मैकोट । हो, उ माओवादी आधारइलाका मैकोटमा जन्मिएको हो । उसलाई सुरुल पुनको नामले चिनिन्छ । तर इतिहासले उसलाई अजयशक्ति बनायो । उही अजयशक्ति फेरि अपराजय भएर आएको छ ।

कसैले उसलाई बागी भन्छ । उ बागी होइन, माओवादी जनयुद्धको एउटा खास योद्धा हो र भुइँ मान्छेहरुको प्रतिनिधि हो । यो ब्यबस्था ल्याउनमा उसले रगत बगाएको छ । पसिना बगाएको छ । भोक सहेको छ । निद्रा पचाएको छ । घामपानी भनेन । घर भनेन । परिवार भनेन । उसले लगानी गरेको छ । तर उसले कहिल्यै त्यसको फल चाख्ने दावी गरेन ।

तर जब आफ्नै खुन पसिनाले हुर्काएको आस्थाको धरोहर ध्वस्त हुने अबस्थामा पुग्यो । त्यहाँ कमिसनखोरहरुले डेरा जमाउन थाले, भ्रष्टहरुले रजाइँ गर्न थाले । क्षेत्रीयतावादी, नश्लवादीहरुको हालीमुहाली हुन थाल्यो तब उसलाई चिन्ता र चासो लाग्नु स्वभाविकै थियो । चासो देखाए । प्रश्न सोध्न थाले । नव मालिकहरुको आदेशलाई अस्विकार गर्न थाले । अन्ततः उनले बिद्रोहको राँको बाले ।

माओवादी आन्दोलालाई नयाँ शिरावाट उठाउने हो भने अजयशक्तिहरु फेरि जुरमुराउनु पर्छ । होइन भने माओवादी भिरवाट लडेको गाई सरह हुनेछ । जसको लागि रामराम भन्न सकिन्छ, काँध थाप्न सकिन्न ।

त्यसपछि उसलाई माओवादीको बागी भन्न थालियो । तर खास माओवादी त उ थियो । खास श्रमजीवी त उ थियो । उ गोठमा बस्छ, हिजोअस्ति मात्रै लेकाली गोठबाट झरेको थियो । उसले च्यातिएको कोट लगाउँछ । तर नव मालिकहरुले उसलाई माओवादी बिरोधी ठाने । बागी बनाए ।

को बागी ? को अशली उम्मेदवार ? छुट्याउनु थियो, खुट्याउनु थियो । मिति तोकिएको थियो मंसिर चार । १५ बर्षदेखि शासित जनता आजित थिए । उठ्यो जनलहर । नवसामन्ती मालिकहरु अतालिए अजयशक्तिको जनमत देखेर ।

जनताले उसलाई चिन्थे । उसले पसिना बगाएर पनि मिठो खान नपाएको कुरा उनिहरु जान्थे । राम्रो लगाउन नपाएको उनिहरु देख्थे । उसको साधा जीवन सबैले देखेका थिए । उसले छोराछोरी बुढानिलकण्ठ पढाएको थिएन । उसले न प्रतिशतको हिसावले कसैसँग कमिसन मागेको थियो । न उसको नीजि गाडी थियो ।

उसले हिजो देखेको सपना भुलेको थिएन । उ त्यो कार्यनयन गर्न चाहन्थ्यो र समाजवादी उन्मुख अर्थतन्त्र बनाउन चाहन्थ्यो । उसको त्यो सपना जनतालाई थाहा थियो । त्यसैले जनताले उसको उम्मेदवारीलाई सदर गरिदियो र पाँच बर्षको लागि लालमोहर लाइदियो । त्यसैले उ बागी होइन, जनयुद्धको योद्धाले जितेको हो ।

माओवादी आन्दोलालाई नयाँ शिरावाट उठाउने हो भने अजयशक्तिहरु फेरि जुरमुराउनु पर्छ । होइन भने माओवादी भिरवाट लडेको गाई सरह हुनेछ । जसको लागि रामराम भन्न सकिन्छ, काँध थाप्न सकिन्न ।


प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १२:३७
#विचार/व्लक
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्