Top Navigation
शनिबार, माघ २१, २०७९ ११:५०:३४
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:५०:३४
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
विचार/व्लक
  • Home
  • विचार/व्लक
  • प्रकृतिपूजक धर्म संस्कार, झाँक्रीको गरिमा र वर्तमान अवस्था
प्रकृतिपूजक धर्म संस्कार, झाँक्रीको गरिमा र वर्तमान अवस्था
लक्ष्मण घर्ती मगर
लक्ष्मण घर्ती मगर शुक्रबार, पुस २२, २०७९
माया बेकरी माया बेकरी
मुसिकाेट नगरपालिका

जब हामी गहिरो सँग धर्म कर्म र रीतिथिति बारे अझ भनौँ कुनै न कुनै दर्शनबारे चर्चा गर्छौँ स्वभाविकले आध्यात्म र भौतिक यि दुईवटा विचारहरु मूलभूतरुपमा प्रमुख भएर अगाडी आउँछन् । जस्ले एउटा मानिसलाई आफु आध्यात्मवादी या भौतिकवादी भनेर छिनोफानो गर्नुपर्ने दोबाटोमा ल्याइपुर्याउँछ । यद्धपी यो छिनोफानो नगर्दा पनि आकाश खस्ने धर्ती फाट्ने भन्ने त हैन रैछ । त्यसैले त हामी प्राय माथीका दुइ वटै दर्शन अलि अलि पालना गर्ने अलि अलि पालना नगर्ने यता न उताको जस्ता मानिसहरु अलि बढी नै छौँ यो दुनियाँमा र पनि चलेकै छ संसार ।

करिब ३ हजार बर्ष अघि युनानी सभ्यताबाट विकसित मानव दर्शनको विकास भएको अर्थात जन्म भएको भनेर मानिन्छ । विकसित मानव दर्शन भन्नाले निरन्तरताको सानातिना आख्यानी उपदेश भनाई र दृष्टिकोणहरु भन्दा माथी उठेको विश्वजगत सम्म फैलिने गरी प्रतिपादन भएको विचार हो, दृष्टिकोण हो भनेर बुझ्नु पर्छ । अन्यथा त्यसअघि पनि संसारमा आफ्नै खाले टाक्राटुक्री जीवन दर्शनहरु थिएनन् भनेर त कसरी भन्न सकिन्छ र । जीवन जगतलाई बुझ्ने हेर्ने दर्शनको पहिलो विचारक प्लेटोलाई मानिन्छ, भने यसको पहिलो प्रयोगकर्ता विश्वचर्चित दार्शनिक विद्वान पाइथागोरस हो भन्छन् । र हामीले सामान्य रुपमा दर्शनको इतिहासलाई खोतल्दा पनि करिब करिब यही भेटिन्छ । जसलाई युनानी अर्थात ग्रिक भाषामा फिलोसोफी (philosophy) भनेर नामाङ्कित गरिएको पाइन्छ । जस्ले आज विश्वभरी प्राथमिकता पाएको छ ।

यसरी मानव उत्पति सँगै प्रकृतिको स्वचालित प्रक्रियानुसार मानिसहरुका फरक फरक स्वरुप र जीवनशैली, रीतिथिति, कर्मकार्य तथा पद्धतिहरु सृजिँदै आए । ति कतिपय बिलय हुँदै र हराउँदै आए भने कतिपय थप परिमार्जित र विकसित हुँदै आए । आज समग्र नेपाल देशको इतिहास त पृथ्वीनारायणले भौगोलिक एकीकरण गरे देखि यताको मान्ने हो भने करिब ३०० बर्षको हाराहारीमा मात्रै छ । किन कि पृथ्वीनारायणले पहिलो शैनिक आक्रमण वि.स. १७४४ मा नुवाकोट राज्यमाथी गरेका थिए भन्ने छ । तर नेपाल देशको इतिहास छोटो भए पनि यहाँ अवस्थित हामी नेपालीहरुको अझ भनौँ आदिवासी/मुलवासीहरुको इतिहास भने हजारौँ बर्ष पुरानो छ । त्यही हजारौँ बर्षको इतिहास बोकेको जाती अर्थात समुदाय मध्य हामी मगर जाती पनि एक हौँ ।

त्यसकारण हाम्रा धर्मसंस्कार र रीतिथितिहरु पनि त्यत्तिनै ऐतिहासिक र गौरवपूर्ण छन जति हाम्रो सभ्यताको इतिहास छ । जसलाई मगर जातीको आफ्नै जीवन सभ्यताले निर्माण गरेको एउटा अविकसित मानव दर्शनकै रुपमा पनि मान्न सकिन्छ । जो पुरै आध्यात्मकतामा निर्भर छ केही आंशिक भाग मात्रै विज्ञानसंवत छ । परन्तु आजको वैज्ञानिक युगमा यि सब अन्धविश्वास लाग्ने भए पनि आस्थाको हिसाबले, धार्मिक र परम्पराको हिसाबले यि निकै मूल्यवान छन् । त्यसैले पनि हाम्रा परम्परा, धार्मिक आस्था र संस्कारहरु सबै आफ्नै निरन्तरतामा अगाडी बढ्नु पर्छ बाङ्गिनु हुँदैन अपभ्रंशित हुनु हुँदैन, अपमानित बनाइनु हुँदैन, यसको महत्व जनविश्वास र गरिमालाई घटाउँनु हुँदैन भन्ने मेरो मान्यता र बुझाई हो । र यस आलेखको मूल सन्देस पनि त्यही नै हो । त्यसो त भौतिकवाद र विज्ञानको अगाडी पुरै आध्यात्मवाद नै भ्रम मानिन्छ । संसारका हरेक धर्म भ्रम ठहरिन्छन् । भौतिकवादले - 'कसैले नदेखेको, आभास र स्पर्श समेत गर्न नसकेको भगवान छ भन्नु नै भ्रम हो' भन्दछ ।

म एक भौतिकवादलाई बढी विश्वास गर्ने युवा हुँ भनेर आफ्नो वैचारिक परिचय दिने गर्छु । तर त्यसको बावुजुत पनि आफ्नो पुर्खाले आर्जेको, अथाह मेहनत सँग जोडेको मगरात संस्कार, पहिचान तथा पितृ पुज्ने र सिमिभूमि पुज्ने र मान्ने प्रकृति पुजक धर्मलाई उच्च सम्मान गर्दछु । हरेक धर्म आफैमा एउटा अन्धविश्वास हुन भने हामीले हाम्रै बाउबाजेले मानेको जोगाएको र पुर्खाले सृजाएको धर्मलाई नै माया गर्नु पर्छ, रीतिथितिलाई निरन्तरता दिनुपर्छ । यसलाई मजाकमा उडाउँनु हुँदैन र अर्काको देखासिकी गर्नु पनि हुँदैन भन्ने मान्यता राख्छु । हाम्रो समुदायले हाम्रो धर्मले झाँक्री, धिम्यानी, मालङ्ग्या, जस्ता कुलपित्रले र देउताले समातेका चुनेका ज्ञानगुणले ओतप्रोत मानिसहरुलाई उच्च सम्मान गर्दछ । उनिहरु माथी विश्वास गर्दछ । उनिहरुको जस्तो असाधारण र अलौकिक क्षमता हामी जस्ता साधारण मानिसहरुले चाहेर पनि पाउँन सक्दैनौँ न त रहरले नै हुन्छ त्यो । वनझाँक्री सिमिभूमी, देवी देउराली, हिमाल र तालहरुमा रहेका ब्राह् देउताहरु सँग झाँक्रीहरुले पित्रहरु मार्फत सिधा बोलचाल गर्न सक्छन् भन्ने मान्यता हाम्रो धर्मले राख्छ । औंसी पुन्नी (पुर्णीमा) रिखिदर्पण जस्ता बिशेष दिनहरुमा झाँक्रीहरुको आवश्यक पर्छ । आक्सीबोक्सी लाग्दा, दुख बिमार पर्दा झाँक्री, धिम्यानी र मालङ्ग्याहरु आवश्यक पर्छन् । जन्म गोत्र विवाह लगन हेर्नुपर्दा, ग्रहदशा, मोहनचक्र फाल्नु पर्दा फेरी जैसीहरु आवश्यक पर्छन् जुन मगर जातिकै हुन् । उनिहरु पोस्तोक बोकेर आउँछन् र पोस्तोकमा लेखिए बमोजिम काम गर्छन् । यो प्रकृति पुजक धर्म संस्कारको रीतिथितिको एउटा अपरिहार्य प्रक्रिया हो भने झाँक्री र जैसीहरु काम गर्ने कर्ताहरु हुन् । एक हिसाबले बुझ्न सजिलो हुनेगरी भनौँ भने झाँक्रीहरु डाक्टर हुन् र जैसीहरु ज्योतिषी हुन् । यिनिहरुले आ-आफ्नै क्षेत्रमा आवश्यकतानुसार काम गर्छन् । उनिहरुलाई बिशेष मानसम्मान हुन्छ, पारिश्रमिक हुन्छ । लाडुसु (रक्सी) त झन नभईनहुने चिज हो जुन बोलाउँन जाँदा सगुनको रुपमा अनिवार्य लिएर जानुपर्छ ।

मैले विश्वका प्रमुख दार्शनिकहरुको चर्चाबाट शुरु गरेर हाम्रो साँस्कृतिक जीवन पद्धति र धर्म परम्परा सम्मको यत्रो लामो फेहरिस्त सुनाएँ । आध्यात्मिकता र भौतिकता बारे पनि सुनाएँ । हाम्रो धर्मले बिशेष महत्वका साथ मान्ने गरेको र पुज्ने गरेको झाँक्रीहरुको भूमिका र गरिमाको बारे पनि छोटकरीमा प्रष्ट्याउँने कोसिस् गरेँ । यति पढिसकेपछि तपाई पाठक ज्युहरुलाई पक्कै निर्क्यौल भयो होला कि झाँक्री कुनै रहर गरेर वा सिकेर र तालिम गरेर भइने चिज होइन । त्यसको लागी त कुलदेउता पितृहरुले नै चुन्नु पर्छ, रोज्नु पर्छ शरिरमा अलौकिक कम्पन पैदा हुनुपर्छ । दैवी शक्ति र ज्ञान आत्मामा र मानसिकतामा चढ्न आउँनु पर्छ । तब नचाहेर पनि लाज लाग्दालाग्दै पनि झाँक्री बन्ने दिन आउँछ । त्यसकारण फेरी एकपटक स्मरण गाउँन चाहेँ कि झाँक्री कसैले रहर गर्दैमा वा तालिम गर्दैमा सजिलै हुने चिज होईन । र झाँक्रीहरु जथाभावी जहाँ पायो त्यही काँम्दै ढ्याङ्ग्रो ठटाउँदै रमाइलो प्रदान गर्दै हिड्ने कलाकार पनि होइनन् ।

बिडम्बना भन्छु, पछिल्लो समय खास गरी १८ मगरातमा (रुकुम, रोल्पामा) हाम्रा आस्थाका धरोहर यि झाँक्रीहरुलाई कलाकारलाई झैँ मेला पर्व र महोत्सवहरुमा नचाउँदै घुमाउँने काम गरिँदै छ । यहाँ सम्म कि पोहोर एमाले पार्टीको राष्ट्रिय महाधिवेशन चितवनमा पनि हाम्रा रुकुम रोल्पाका झाँक्रीहरुलाई लस्करै नचाउँने काम गरियो । यो जतिको हाम्रो विश्वासमाथीको भद्दा मजाक अरु के हुन सक्छ ? मैले त्यतिबेलै पनि यो गलत कदमको बिरोध गर्दै फेसबुकमा लेखेको थिएँ । तर आफुलाई एमाले थान्ने साथीहरुले झाँक्रीहरुलाई कलाकारको उपमा भिराउँदै भने - ''कलाकार सबैको साझा हुन् । हाम्रो परम्पराको उजागर गर्न, पर्यटन प्रवर्द्धन गर्न लगिएको हो । एमालेको महाधिवेशनमा जाँदैमा झाँक्रीहरु एमाले बन्ने हैनन्'' भन्ने बडो टिठलाग्दो विचारको जवाफ दिनु भएको थियो । हामी कति सम्मको बुबुरो चेतनामा रहेछौँ भन्ने कुराको दह्रो उदाहरण थियो त्यो ।

जहाँ पायो त्यहीँ अनावश्यक ठाउँ र समयमा पनि काँम्न प्रयास गर्ने, खर्लाङ्खर्लोङ् घन्टीहरु हल्लाउँदै ढ्याङ्ग्रो बजाउँदै नाच्ने काम गरेर केही पनि हुँदैन । बरु झाँक्रीहरु प्रतिको विश्वास र आत्मसम्मान घट्छ । विस्तारै जोकर र कलाकार को रुपमा हेर्न थाल्छ दुनियाँले ।



यदि झाँक्रीहरु कलाकार भए, राजनीतिक महाधिवेशन, मेला महोत्सवमा जतिखेर पनि नचाउँन सकिने मिल्ने भए त्यस्ता भाउ न पत्ताको झारपाते झाँक्रीहरुले कसरी बिरामीको उपचार गर्न सक्छन् ? कस्ले विश्वास गर्ने तिनिहरुलाई ? ति त रहर गरेर नाटक गरेर जात्रा देखाउँन बनेका कथित झाँक्रीहरु हुन् भन्ने कुरा हुन जान्छ । यदि होइन भने उहाँहरु असली मगरात सभ्यताको इतिहासलाई कायम गर्न सक्ने, साँच्चिनै देउपित्रले सुखसन्चो नदिएर चुनेरै बनेका झाँक्री हुन भने उहाँहरुको यस्ता खाले सस्ता प्रदर्शनहरु हलुङ्गा व्यवहारहरु बन्द गर्नु पर्छ देखाईनु हुँदैन । त्यसले हाम्रै धर्म र विश्वासमाथी मजाकका वाणहरु प्रहार गर्ने गर्छ । अरुले यस्ता ताईँ न तुईँका नाटकेहरु पनि झाँक्री हुन्छन् ? यस्ताको विश्वास गर्ने पनि कहीँ धर्म हुन्छ ? यिनिहरु त जोक्कर हुन्, झाँकी कलाकार हुन् । झाँक्री त कहाँ हुन सक्छन् ? असली झाँक्री यस्ता मेलापर्वतिर ऊफ्रिँदै हिँड्दैनन् । हो हामीले यही प्रश्नहरुको सामना गर्नु पर्छ । जस्ले हाम्रो आत्मसम्मान माथी हीनताबोधको भाव पैदा गरिदिन सक्छ ।

जहाँसम्म पर्यटन प्रवर्द्धन भन्ने कुरा छ त्यो यसरी आफुलाई सस्तो बनाएर अर्काको शहरबजार, अर्काको मेला पर्वहरुमा नाचेर हुने होइन । र यदि त्यसरी पर्यटन प्रवर्द्धन हुने रहेछ भने पनि हामीले त्यसो गर्नु हुँदैन । किन न त ? भन्दा मैले माथी भनिसकेँ त्यसले हाम्रो विश्वास, गरिमा र इतिहासलाई बङ्ग्याउँने काम गर्छ । मानसम्मान र ओजलाई घटाउँने काम गर्छ । त्यसको सट्टा हाम्रा झाँक्रीहरु सेवाग्राहीहरुकोमा आफ्नो काम गर्ने क्रममा मेहनत गरेर हामीले भिडिओ खिचौँ, नयाँ झाँक्रीहरु उत्पति हुने दिन मौका छोपेर क्रमबद्ध भिडिओ खिचौँ उहाँहरुका केही अनुभवहरु मागौँ बोल्न लगाऊँ । प्रकृतिधर्म र झाँक्री विद्याको अनुभव, कथा र इतिहासको डकुमेन्ट्री गरौँ । हरेक बर्ष रुकुमको लुगुम गाउँमा साउँन १ गते आफ्नै आँगनमा हुने झाँक्रीहरुको बिशेष पुजा ''राक्स्य पुजा'' (राक्षस धपाउँने पुजा) को दिन पुगेर भिडिओ गरौँ । जतिबेला ठुलो झाँक्री मेला नै लाग्छ । अरु अरु कुन कुन गाउँ र जिल्लाहरुमा कहाँ कहाँ झाँक्री कर्मकार्यहरु हुन्छन त्यतै त्यतैबाट यो झाँक्री प्रतिको मान्यता र विश्वासलाई टेवा पुग्ने खाले साइवर ट्रिकहरु अपनाऊँ, उजागर गरौँ । तब यसको आकर्षण बढ्ने छ ।

देशविदेशका समाजशास्त्र( Sociology ) बारे अध्ययन गर्न रुचि राख्नेहरुको लहर लाग्न सक्छ । यो प्रविधिको युग हो । आफ्नो आँखा अगाडी प्रत्यक्ष नै हेरेर मात्रै थाहा पाइने युग त हैन नि ? जुन तपाई हामी सबैलाई थाहा भएकै कुरा हो । तब हाम्रा झाँक्रीहरुले आफ्नै भूमिमा टेकेर आफ्नै घरआँगनमा उभेर ति जिज्ञासुहरुको जिज्ञासा मेटाइदिन सकुन् । हाम्रा गाउँठाउँ जिल्ला र क्षेत्रहरुमा ति जिज्ञासुहरु अर्थात अध्ययताहरु हाम्रा झाँक्रीहरु काँमेको र आफ्नो काम गरेको हेर्न समय कुरेर बसुन् । वा मंसिरे पुर्णिमा, फागु पुर्णिमा, भदौरे पुर्णिमा अथवा साउन १ गतेलाई लक्षित गरेर आफ्ना भ्रमण सेड्युल मिलाएर आउन् । र त्यसरी विस्तारै मगरात भूमि, मगरात सभ्यता, प्रकृति पुजक धर्म र त्यसभित्रका अन्तरकुन्तर कथाब्यथाहरु विश्वले देख्न पाउन् र पढ्न पाउन् । अनि राज्यले ओहो भन्ने वातावरण तयार बनोस् ! यही हैन त हामीले खोजेको ?

तर त्यसरी जहाँ पायो त्यहीँ अनावश्यक ठाउँ र समयमा पनि काँम्न प्रयास गर्ने, खर्लाङ्खर्लोङ् घन्टीहरु हल्लाउँदै ढ्याङ्ग्रो बजाउँदै नाच्ने काम गरेर केही पनि हुँदैन । बरु झाँक्रीहरु प्रतिको विश्वास र आत्मसम्मान घट्छ । विस्तारै जोकर र कलाकार को रुपमा हेर्न थाल्छ दुनियाँले । यसको लागी प्रमुख त सम्बन्धित ठाउँका र समाजका राजनीतिक दल, युवा क्लब, पत्रकार, बुद्धिजीबिहरुले बिशेष चासो गर्नु पर्छ, होस राख्नु पर्छ । झाँक्रीहरु त अक्सर वाह्य संसार सँग नजिक हुँदैनन् उहाँहरुलाई यो मैले गरेका कुराहरु सबै बुझाउँन पनि सम्भव त  नहुन सक्छ । त्यसकारण उहाँहरुको महत्व र गरिमाको बारे सोँच्ने त तपाई हामी युवाशक्तिले नै हो । सचेत नागरिकहरुले नै हो । राजनीतिक दल र बुद्धिजीबिहरुले नै हो । र यो मेरो सुझाव पनि तपाइहरुलाई नै हो ! धन्यवाद !


प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  ०८:३५
चाैरजहारी चाैरजहारी
#विचार/व्लक #लक्ष्मण घर्ति मगर
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्