Top Navigation
मंगलबार, चैत ७, २०७९ १२:५४:११
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ १२:५४:११
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
वडा
  • Home
  • वडा
  • ‘भेरी पारि’ जोडियो सडक सञ्जालमा 
‘भेरी पारि’ जोडियो सडक सञ्जालमा  नियमित यातायातका साधन संचालनका लागि भने सडक मर्मत आवश्यक ।
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, माघ २३, २०७९
भेरी पारिकाे विभिन्न क्षेत्र ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र सानीभेरी गाउँपालिकाको भेरी पारिको भूगोल सडक सञ्जालमा जोडिएको छ । नजिकै भएपनि भौगोलिक विकटताका कारण लामो समयसम्म सडक सञ्जालमा जोडिन नसकेको २ गाउँपालिकाको भेरी पारि पट्टीको भूगोल पहिलो पटक सडक सञ्जालमा जोडिएको हो । 

बाँफिकोट गाउँपालिकाको वडा नम्बर १० को गाराघाट र सानीभेरी गाउँपालिकाका वडा नम्बर ३ गरायलादेखि भेरी पारि पट्टीका विभिन्न ठाउँ सडक सञ्जालमा जोडिएका हुन् । आर्थिक वर्ष २०६७÷०६८ बाटै सडक नै भेरी पारिलाई सडक सञ्जालमा जोड्ने प्रयास भएको थियो । सानीभेरी तिरबाट पहिला नै सुरु भएपनि बाँफिकोट तिरबाट भने स्थानीय तह बनेपछि सडक निर्माणको काम सुरु भएको थियो । 

तर भौगोलिक विकटताका कारण लामो समयसम्म पनि सडक सञ्जालमा जोड्न सम्भव भएको थिएन । आर्थिक वर्ष वर्ष २०७४÷०७५ देखि कामले थप गति लिएकामा चालु आर्थिक वर्षमा आएर सानीभेरी गाउँपालिकाको वडा नम्बर ३ र बाँफिकोट गाउँपालिकाको वडा नम्बर १० सडक सञ्जालमा जोडिएको हो । ठूलो प्रयासपछि भेरी पारिलाई सडक सञ्जालमा जोड्न सकिएको बाँफिकोट गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष हरि चन्दले बताउनुभयो । 

बाँफिकोट गाउँपालिका तर्फ वडा नम्बर १० को गाराघाटबाट सुरु भई सानीभेरी गाउँपालिकाको सिमाना मैदुलोटेसम्म करिब ७ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । उक्त सडक निर्माणका लागि हालसम्म १ करोड ८५ लाख बजेट खर्च भएको वडाध्यक्ष चन्दले बताउनुभयो । उहाँका अनुसार केही ठाउँमा काम चलिरहेको छ ।

त्यस्तै सानीभेरी गाउँपालिकाको वडा नम्बर ३ को पेदीबजार हुँदै मैदुलोटेसम्म करिब ९ किलोमिटर सडक निर्माण भएको छ । उक्त सडक निर्माणका लागि डेड करोड बढी बजेट खर्च लागेको गाउँपालिका अध्यक्ष विर्खबहादुर बिष्टले बताउनुभयो । तर सडक मर्मत भने हुन नसकेको उहाँको भनाई छ । 

महाेत्सव

भेरीपारी सडक सञ्जालमा जोडिएसंगै बाँफिकोट र सानीभेरीका विभिन्न ठाउँमा पहिलो पटक ट्याक्टर, मोटरसाइकल लगायतका सवारी साधनहरु पुगेका छन् । नियमित सवारी साधन संचालनका लागि केही ठाउँमा मर्मतको काम गर्नुपर्ने र त्यसका लागि बजेटको समेत व्यवस्था भइसकेको बाँफिकोट १० का वडाध्यक्ष चन्दले बताउनुभयो । 

नजिकै भएर पनि विकट ठाउँका रुपमा रहेका वस्तीहरु सडक सञ्जालमा जोडिएको र अव त्यसको सुधार तथा थप वस्तीहरुमा विस्तारका लागि प्रयास भइरहेको उहाँको भनाई छ । उहाँका अनुसार एकता आधारभूत विद्यालय सेजे देखि बालहित आधारभूत विद्यालयसम्मको ४ किलोमिटर सडक निर्माणका लागि ५० लाख बजेट आएको छ । 

त्यस्तै मयारी देखि भानुभक्त मावि सम्मको डेढ किलोमिटर सडक निर्माणका लागि ३० लाख बजेट आएको छ । मुख्य रुपमा वडा सडक सञ्जालमा जोडिएपछि अव वस्ती वस्ती जोड्ने सडकहरु प्राथमिकतामा रहेको वडाध्यक्ष चन्दले बताउनुभयो ।
 


प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १६:३१
#भेरी पारि #सडक सञ्जाल
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्