Top Navigation
मंगलबार, चैत ७, २०७९ १२:४१:२९
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ १२:४१:२९
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • पालिकाको वेवास्ताले मुसिकोट र त्रिवेणीका विद्यार्थी राष्ट्रपति रनिङ शिल्डबाट वञ्चित 
पालिकाको वेवास्ताले मुसिकोट र त्रिवेणीका विद्यार्थी राष्ट्रपति रनिङ शिल्डबाट वञ्चित 
कखरा संवाददाता
कखरा संवाददाता शनिबार, फागुन १३, २०७९
चाैरजहारीमा जारी राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत भलिबल खेल संचालन हुँदै ।

स्थानीय तहको वेवास्ताका कारण रुकुम पश्चिमको मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाका विद्यार्थी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुनबाट वञ्चित भएका छन् । पालिकाको वेवास्ताका कारण विद्यार्थीहरु चौरजहारीमा जारी १३ औं जिल्ला स्तरीय शिल्डमा सहभागी हुन पाएनन् । 

पालिका स्तरीय शिल्ड संचालन गरेका स्थानीय तहले मात्र जिल्ला स्तरीय शिल्डमा भाग लिन पाउँछन् । मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाले शिल्ड संचालन नगरेपछि उक्त दुई स्थानीय तहमा रहेका सयौं विद्यार्थीहरु शिल्डमा सहभागी हुनबाट बञ्चित भएका हुन् । 

वार्षिक परीक्षाका कारण शिल्ड संचालन गर्न नसकिएको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले जानकारी दिनुभयो । वार्षिक परीक्षाका कारण शिल्डको तयारी नपुग्ने भएकोले यो वर्ष शिल्ड संचालन गर्न नसकिएको उहाँको भनाई छ । अव अर्को वर्ष देखि भने वार्षिक शैक्षिक क्यालेण्डरमै समावेश गरेर दशैं र तिहारको विचमा शिल्ड संचालन गर्ने उहाँले बताउनुभयो । 

त्यस्तै त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसीले पनि तयारी नपुगेकाका कारण शिल्ड संचालन गर्न नसकिएको बताउनुभयो । प्रअ बैठकमा छलफल गर्दा यो वर्ष शिल्ड संचालन गर्न नसकिने निष्कर्ष निस्किएपछि शिल्ड संचालन गर्न नसकिएको उहाँले बताउनुभयो । उहाँले पनि आगामी वर्ष देखि भने नियमित रुपमा शिल्ड संचालन गर्ने बताउनुभयो । 

राष्ट्रपति रनिङ शिल्ड विद्यार्थीहरुका लागि प्रतिभा देखाउने महत्वपूर्ण माध्यम हो । तर स्थानीय तहले यसको महत्व नबुझ्दा क्षमता हुँदा हुँदै पनि वर्षेनी धेरै विद्यार्थीहरु शिल्डमा सहभागी हुन पाइरहेका छैनन् । यति मात्र होइन स्थानीय तहले शिल्ड संचालन नगरदिँदा जिल्ला स्तरीय शिल्ड समेत नियमित रुपमा संचालन हुन सकेको छैन् । 

कम्तिमा पनि आधा स्थानीय तहले शिल्ड संचालन गरेपछि जिल्ला स्तरीय शिल्ड संचालन गर्नुपर्ने नियम रहेकोमा कुनै वर्ष धेरै स्थानीय तहले शिल्ड संचालन नगर्दा जिल्ला स्तरीय शिल्ड नियमित रुपमा संचालन गर्न नसकिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिलाप्रसाद ढकालले बताउनुभयो । 

स्थानीय तह बनेपछि जिल्लामा अहिलेसम्म गत वर्ष र यो वर्ष गरी दुई पटक मात्र जिल्ला स्तरीय शिल्ड संचालन भएको छ । गत वर्ष आठबीसकोटमा शिल्ड भएको थियो । शिल्ड संचालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रत्येक स्थानीय तहलाई वर्षेनी १ लाख रुपैंया राखिदिने गरेको छ । तर पनि रुकुम पश्चिमका सबै स्थानीय तहले नियमित शिल्ड संचालन गर्दैनन् । 

हरेक वर्ष जिल्ला खेलकुद विकास समितिले अनिवार्य शिल्ड संचालनका  लागि पालिकाहरुलाई परिपत्र गर्ने गरेपनि सबै स्थानीय तहले नमान्ने गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव ढकालको भनाई छ । उहाँका अनुसार यो वर्ष जिल्ला खेलकुद विकास समितिले फागुन ८ गतेभित्र पालिकास्तरीय शिल्ड संचालन गरी १० गतेभित्र विजयी खेलाडीको नाम जिल्ला खेलकुद विकास समितिमा बुझाउन बनेको थियो । 

महाेत्सव

यो वर्षको जिल्ला स्तरीय शिल्डमा ४ वटा स्थानीय तहका विद्यार्थीले मात्र भाग लिएका छन् । तर मार्सलआर्ट अन्तर्गत भने मुसिकोटका विद्यार्थीहरुले पनि सहभागिता जनाएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । शुक्रबार देखि सुरु भएको शिल्डमा करिब २ सय बिद्यार्थीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । शिल्ड आइतबार सकिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।


प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १५:५२
#राष्ट्रपति रनिङ शिल्ड
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्