Top Navigation
मंगलबार, चैत ७, २०७९ १२:४६:३६
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
मंगलबार, चैत ७, २०७९ १२:४६:३६
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पल शाह
  • #स्ववियु निर्वाचन
Search Here
समाज
  • Home
  • समाज
  • रुकुम पश्चिममा फागुन २२ देखि मतदाता नामावली अद्यावधिक
रुकुम पश्चिममा फागुन २२ देखि मतदाता नामावली अद्यावधिक
बलेन्द्र ओली
बलेन्द्र ओली शनिबार, फागुन २०, २०७९

रुकुम पश्चिममा फागुन २२ गते देखि चैत १ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने भएको छ । चितवन क्षेत्र नम्बर २ मा बैशाख १० गते उप निर्वाचन हुने भएकाले त्यसलाई लक्षित गर्दै रुकुम पश्चिममा पनि मतदाता नामावली अद्यावधिक कार्यत्रम सञ्चालन हुन लागेको हो । 

निर्वाचन आयोगबाट मतदाता नामावली अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार भए अनुसार जिल्लामा फागुन २२ गते देखि चैत १ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला निर्वाचन अधिकारी कुमारी रिमा मल्लले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा आज आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उहाँले मतदाता नामावाली अद्यावधिक तथा दाबी विरोध कार्यक्रमलाई सफल बनाउन स्थानीय तहहरुले पनि आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो । निर्वाचन कार्यालयले फागुन २२ गतेदेखि सम्बन्धीत वडा कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जनाएको छ ।
 
त्यसपछि नामावलीमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीमा मृत्यु भएका, नागरिकता त्याग गरेका वा नागरिकता रद्ध भएका मतदाताको नामावली हटाउने, झुट्टा विवरण दिई नामावलीमा नाम समावेश भएको भए उजुरी दिने, दुई वा दुई भन्दा बढी मतदान स्थलमा नाम भएको भए आफुलाई नजिक पर्ने मतदान स्थलमा नाम सार्न लागि सम्बधित पालिकाका वडा कार्यालय मार्फत निवेदन दिन फागुन २२ गते देखि २८ गतेसम्मको समय तोकिएको छ ।

मतदाता नामावली अद्यावधिक गरेको नयाँ विवरण चैत १ गतेसम्म निर्वाचन आयोगमा पठाई सक्नुपर्ने कार्यक्रम रहेको जिल्ला निर्वाचन अधिकारी मल्लले बताउनुभयो । 

उप निर्वाचन चितवन क्षेत्र नम्बर २ मा हुने भएपनि नेपाली नागरिक र मतदाता नामावलीमा नाम भएका र योग्यता पुगेका व्यक्तिले उम्मेदवारी दिन पाउने भएकाले निर्वाचन आयोगले देशभरमा मतदाता नामावली अद्यावधिक गर्न पत्राचार गरेको जिल्ला निर्वाचन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो । 

महाेत्सव

मतदाता नामावली अद्यावधिकले जिल्लामा पनि मतदाता नामावली शुद्धतामा सहयोग पुग्ने पन्तले बताउनुभयाे । प्रमुख जिल्ला अधिकारी पन्तको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै मुसीकोट नगरपालिकाका उप–प्रमुख विमलकुमार पुन, सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्ट, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, जिल्ला समन्वय समितिका उप–प्रमुख देवबहादुर विक, प्रमख सेनानी प्रमोदकुमार शर्मा, प्रहरी नायव उपरीक्षक नमराज भट्राई, शसस्त्र प्रहरी नायव उपरीक्षक गोविन्दबहादुर केसी, अनुसन्धान प्रमुख होमराज रेग्मी लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  ०७:२१
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
पल शाहलाई हेर्न रुकुम पश्चिममा मानव ‘सागर’ उर्लियो (भिडिओ सहित)
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
जेल मुक्त भएपछि पल शाह पहिलो पटक आज रुकुम महोत्सवमा आउँदै  
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
रुकुम महोत्सवमा मंगलबार ज्योती मगर आउने 
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
ज्याेती मगरलाई हेर्न खचाखच दर्शक !
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
रूकुम महाेत्सवमा बुधबार पल शाह आउने
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
मुसिकोट ३ का लोकबहादुर चैत्र १ देखि वेपत्ता 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
रुकुम महोत्सवमा आज एलिना चौहानको प्रस्तुति रहने 
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
स्ववियु निर्वाचनः रुकुम पश्चिमका तीन क्याम्पसमा मतदान, मत गणना सुरु
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
एलिना चौहानलाई हेर्न झरीका विच पनि मान्छे ओइरिए (भिडिओ सहित)
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
बार एशोसियसन रुकुम पश्चिमको अध्यक्षमा खड्का 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्